किशोर शाही,
कोहलपुर / कोहलपुरमा निर्माणधिन लामो दुरिको बसपार्क भर्खरै मात्र उट्घाटनमा आएको छ ।
साउनको पहिलो साताबाट संचालनमा आउने कोहलपुरको नव निर्मित बसपार्कको लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक समारोहका बिच आईतबार रिबन काटेर समुट्घाटन गर्नुभएको हो ।
उट्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुरको नयाँ पहिचान दिन बसपार्क निर्माण भएको प्रती आफू खुशी भएको व्यक्त गरे । उनले भने ” अब जनतालाई जुन सुकै ठाउँमा जानुपरे कोहलपुर बाटै जान सहज हुने बताउदै यस क्षेत्रमा पनि प्रदेश बाट सक्दो सहयोग पुर्याउने बताएका छन ।
उट्घाटन समारोहलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यले ” कोहलपुर नगरपालिका र नगर बिकास कोषको लागत साझेदारीमा कोहलपुरको बसपार्क निर्माण भएको बताएका छन । उनले भने ” करिब २८ करोड लागतमा बनेको बसपार्क बाट पश्चिम् क्षेत्रका जनताहरुलाई अब यात्रा गर्न धेरै सहज हुने बताएका छन । प्रमुख आचार्यका अनुसार बसपार्कमा हामीले चाडैनै सपिङ कम्प्लेक्स पनि संचालनमा ल्याउदै छौ यसको सबै तयारी भएको उनले बताए ।
कार्यक्रममा २०० जना भन्दा बढिको उपस्थित रहेको थियो । यस अघि नै २०७९ जेठ ३ गते तत्कालीन कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले बसपार्क बन्दै गरेको अवस्थामा उद्घाटन गरेका थिए । सोही बसपार्क आज उद्घाटन भएको छ ।
फाेटाे फिचर






