सर्जन कुमार शाही
मुगु , मुगु जिल्लाको सोरु गाउँपालीकामा व्यवसायीहरु द्वारा ताला बन्दी गरिएको छ । आर्थिक बर्ष २०७८/०७९/ र २०८०/०८१ काे यस साेरू गउँपालिकामै रहेका विभिन्न पसल, हाेटेल घरभाडाहरूका कुनै पनि विल भुक्तानी उक्त गाउँ पालिकाले नगरेकाे ले सम्पुर्ण व्यवसायीहरू मिलि पालिकामा ताला लगाई दिएका हुन ।

सन्जिवनि स्टेशनरी , केपि स्टेशनरि, रक्षा जनरल स्टाेर, रारा ट्रेडर्स , लगायत दर्जनौं पसल , हाेटेल र घर भाडा नतिरेको भनी व्यवसायी गंगे बुढा र बिष्णु शाहीले बताए ।
जब सम्म पालिकाले सम्पुर्ण व्यवसायीहरुको ७८ देखि ८० सम्मको भुक्तानी दिदैन तबसम्मका लागि यथास्थितिमै ताला बन्द गरिरहने व्यवसायीले बताएका छन् ।





