धरान । सांस्कृतिक अधिकार संरक्षण समिति धरानको आयोजनामा १७ औं सांस्कृतिक अधिकार दिवस तथा गोरु दिवस कार्यक्रम सम्पन्न भएको छ ।
जातिय पहिचानको आन्दोलनसंगै संविधानलाई कार्यनयन गर्ने क्रममा धरानमा १७ औं सांस्कृतिक अधिकार दिवस तथा गोरु दिवस मनाएको हो ।
नेपाल आदिबासी जनजाति जिल्ला समन्वय परिषद सुनसरीको आयोजना भएको उक्त कार्यक्रममा लेखक जनक ऋषि राईको गाईगोरु काटेर सांस्कृतिक संस्कार सम्बन्धिको संकलित लेख रचनाको संगालो ‘गोरु चिन्तन’ पुस्तकको समेत विमोचन गरेका थिए ।
मुलुकि ऐन १९१० सालको कानुनलाई नै अहिलेसम्म निरन्तरता दिएको भन्दै एकल जातीय ब्रामणवादि हिन्दुहरुको दमन भएको उनिहरुले आरोप लगाएका छन् ।
अध्यक्ष राम माण्डुपाको प्रमुख आतिथ्य, सांस्कृतिक अधिकार संरक्षण समितिका अध्यक्ष सुबास हुक्पा चोङ्बाङको अध्यक्षतामा भएको कार्यक्रममा एकात्मकबादी राज्यसत्ताले अधिमकालदेखि खाँदै आएको गाईको मासुलाई प्रतिबन्ध गरेको विरोधमा गाई/गोरुको मासु र लोकल रक्सी खुवाएर कार्यक्रम सम्पन्न गरेका थिए ।
सांस्कृतिक अधिकार प्राप्तिको बार्षिकोत्सबमा समितिले सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका लम्जेल गम बहादुर संघर्षशीललाई नगरसहित सम्मान गरेका थिए ।





