सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला प्रवेश गर्ने एक मात्र मुख्य सडक पहिरोका कारण अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।
भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका – ४ बुढितोलामा गत सोमबार गएको पहिरो हटाउने काम अझै सकिएको छैन ।
यातायात अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्ससहित सयौं यातायात र यात्रुहरू अलपत्र परेका छन् । पहिरो गएको स्थानमा लगातार पहिरो हटाउने काम भए पनि यातायात पुन: सञ्चालन हुन सकेको छैन ।






