कोहलपुर / बाँकेको कोहलपुर ३ मैटहवामा रहेको जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ ।

विद्यालयले अभिभावक भेला तथा समिति निर्माणका अभिभावकलाई बोलायो तर उक्त भेला हुन नदिई  प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

” विद्यार्थीको अभिभावक आउनुभयो तर त्यतिबेला कोहलपुर ३ का वडाध्यक्ष माधव रिजालले गैर अभिभावक सहित प्रवेश गरि  भेला हुन नदिएर मेरो कार्यकक्षमा तालाबन्दी लगाउनु भयो, ” प्रधानाध्यापक चन्द्र बहादुर खत्री बताउन्छन । उनका अनुसार अध्यक्ष रिजालले आफ्नो निकट अभिभावक राख्न नपाउदा तालाबन्दी गरेको र आफुलाई गाली गलौज गरेको उनले बताएका छन  । ” भाद्र १७ गते भित्र सम्म विद्यालय व्यवस्थापन समिती निर्माण गरेर शिक्षा कार्यलयमा पठाउनु पर्छ तर यसरी  समिति निर्माण गर्न नदिने राजनीतिकि करण गर्न खोजिएको प्रधानाध्यापक खत्रीले बताएका छन् ।

हिजो करिब दिउँसो १२ बजे लगाईएको ताला प्रहरीन र सबै राजनीतिक दलको रोहवरमा साझ ७ बजे तिर खोलिएको हो ।

हाल उक्त विद्यालयमा ४०० जना विध्यार्थीहरु अध्यनरत छन् भने स्थायी-६, राहत -१, वाल विकास सहयोगी -२, शिक्षण सिकाई सहजकर्ता- ३ र नगर अनुदान २ गरि १५ जना कार्यरत छन् भने १ काेटा अझै खाली रहेकाे खत्रीले जानकारी गराए ।

यसै सन्दर्भमा तालाबन्दी के कारणले लगाईएको हो , कसले र किन लगाएको विषयमा वडाध्यक्ष माधव रिजाल संग सम्पर्क गर्न उनको वडा कार्यलयमा पुग्दा कार्यबाहकलाई जिम्मेवारी दिई बिदामा बसेकाे पाईयाे र टेलिफोन सम्पर्कमा गरेर उनी संग बुझ्दा यस बिषयमा उनको भनाइ यस्तो छ, उनी संग गरिएको टेलिफोन कुराकानी जस्ताको तस्तै नागरिक पत्रीकाकाे आधिकारिक फेसबुक पेजमा राखेका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here