गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकर र तारजडित शंकास्पद वस्तु भेटिएको छ । शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनासँग समन्वय गरी बम डिस्पोजल टोली बोलाएर त्यसलाई निष्क्रिय बनाउन लागिएको उनले बताए ।

‘विस्फोटक पदार्थ हो होइन, डिस्पोज पछि मात्र थाहा हुन्छ,’ उनले भने । कुकर र तारजडित शंकास्पद वस्तु नजिक हँसिया हतौडा अंकित झन्डा पनि रहेको छ ।

शंकास्पद वस्तु भेटिएकै कारण गोरखा–आँबुखैरेनी सडक खण्डमा आवागमन बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here