जापानले बिहीबार चन्द्रयान प्रक्षेपण गरेको छ । अघिल्लो प्रक्षेपण खराब मौसमका कारण असफल भएपछि जापानले चौथो पटक रकेट पठाएको हो । ‘मुन स्नाइपर’ नाम गरेको उक्त यान आगामी फेब्रुअरीमा चन्द्रमामा अवतरण हुने अनुमान गरिएको छ ।
यदि उक्त यान सफलतापूर्वक अवतरण भएमा जापान चन्द्रमामा पुग्ने पाँचौं देश बन्नेछ ।
यसअघि चन्द्रमामा अमेरिका, रुस, चीन र भारतका यान पुगिसकेका छन् । दुई साताअघि मात्र भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको थियो । जापानले यो मिसनमा १ अर्ब डलर लागत लागेको जनाएको छ । उक्त यानमा एउटा स्याटेलाइट हुने, जसले ‘ब्ल्याक होल’ जस्ता अन्तरिक्षको घटनाको अध्ययन गरिने बताइएको छ ।





