बर्दिया- बाँकेमा भएको बस दुर्घटनामा मृत्यु भएको मृतकहरुकाे सामुहिक अन्तेष्टि भएको छ ।
आइतबार मृतक मध्ये ६ जनालाई ठाकुरबाबा नगरपालिका-९ स्थित हिन्दु संस्कार अनुसार अन्तेष्टि गरियाे भने एक जनालाई आफ्नै गाउँ बारबर्दिया मा लगिएको हाे ।
साे दुर्घटनामा परि मृत्यु हुनेहरूमा बर्दिया ठाकुरबाबा न.पा ९ सामुदायिक बनका भ्रमण टोली रहेकाे थियो उक्त दुर्घटनामा ज्यान गुमाउने मृतकको नामावली यसप्रकारका छन्।
१) वर्ष ५५ कस्तुरी थापा ( ठाकुरबाबा-९ )
२) वर्ष५० काँशीराम थारू ( ठाकुरबाबा-९ )
३) वर्ष५० रूपा परियार ( ठाकुरबाबा-९ )
४) वर्ष ३५ जयन्ति थारू ( ठाकुरबाबा-९ )
५) वर्ष ६५ साधुराम चौधरी ( ठाकुरबाबा-९ )
६) वर्ष ४५ जुग बहादुर चन्द ( ठाकुरबाबा-८ )
७) वर्ष ३५ एक जनाको पहिचान नखुलेको (गाड़ी चालक)
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दाङको धारापानी भ्रमणमा बाट फर्कदै गरेकाे बेतहनी सामुदायिक बन उपभोक्ता समितिकाे भ्रमण टाेलि कोहलपुर आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दाङको राप्तीसाेनारी गाउंपालिका-८ शमशेरगंज स्थति रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठाेकिदा साे दुर्घटना भएको थियोे।
साे दुर्घटनामा परि ७ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएको थियो जस मध्ये अझै ३ जना काे अवस्था गम्भीर रहेकाे छ । साे घटनामा ५ जनालाई सकुशल उद्दार गर्ने सफल भएको थियो ।
प्रहरीले घटना स्थलबाट घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उद्दारगरि ल्याएको थियाे । दुर्घटना भएको बसमा ४१ जना यात्रु रहेको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानए । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा थप उपचार भइरहेको छ ।





