आज नेपालमा कोरोनाका कारण १२ जनाले ज्यान गयो, मृत्यु संख्या २ सय ५१

आज नेपालमा कोरोनाका कारण १२ जनाले ज्यान गुमाएका छन । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या २सय ५१ पुगेको छ । यो सहित पछिल्लो २४ घण्टामा नेपालमा ११२० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने देशभर संक्रमित हुनेको संख्या ४१६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
आजमात्रै १ हजार १ सय १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २ सय ९० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।





