विद्युतीय अपराध अरोपमा पक्राउ परेका अनलाइन सञ्चालक धरौटीमा छुटेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पााच दिनअघि पक्राउ परेका हलेसी पाटीका सञ्चालक मनोज गिरी बिहीबार ८० हजार धरौटीमा छुटेका हुन् ।

गिरीले सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्ने विभिन्न व्यक्तिको उजुरीपछि पक्राउ गरिएको गिरीलाई जिल्ला अदालत खोटाङले धरौटीमा छाडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले बताए ।

एलन राई, सर्वधन बस्नेत र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उजुरीका आधारमा उनी असोज २० गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here