सर्जन कुमार शाही

मुगु । हत्यारा पत्ता नलागे सम्म निर्मम हत्या गरिएका दुई छोरा एक छोरी र श्रीमतीको मृतक शरीर दिपक बोहराले नबुझ्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुले मृत अवस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । शव परीक्षण भए पनि हत्यारालाई पक्राउ नगरेसम्म आफुले शव नबुझ्ने उनले बाएका छन् ।

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृत अवस्थामा फेला परेका थिए । मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाए पछि शुक्रबार राति काठमाडौँ विमानस्थलमा ओर्लेर नेपालगन्ज हुँदै मुगुको ताल्चा विमानस्थलबाट शनिबार नै घर पुगेका थियो । श्रीदेवीका श्रीमान् दीपक बोहरा कतारबाट घर आइसकेपछि शव परीक्षणका लागि शनिबार नै उठाइएको थिए ।

यता प्रहरीले भने मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले  अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको छ ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here