बाँकेको कोहलपुर नगरपालिका-२ स्थित तेह्र बिघा मैदानमा मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८० आगामी बुधबारदेखि सुरु हुने भएको छ ।

कोहलपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लब अध्यक्ष चक्र क्षेत्रीले बताए ।

प्रतियोगितामा अफ्रिकी मुलुक क्यामरुनको एभिनियर एफसीसहित नेपालका ‘ए’ डिभिजनका ७ क्लबहरुको सहभागिता रहने जानकारी उनले दिए । जसमा चर्च ब्वाइज यूनाइटेड काठमाडौं, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी क्लब‚ कोहलपुर रेसिङ सहारा क्लब, वीएफसी चितवन क्लब चितवन, एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी हुने छन् ।

प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि करिब ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको क्लबका कोषाध्यक्ष काशिराम अधिकारीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ८ लाख र दोस्रो हुने टिमले ४ नगद राशिसहित ट्रफी प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ को लोगो, मूल ब्यानर, खेल तालिका र जर्सी पनि सार्वजनिक गरिएको थियो । क्लब अध्यक्ष चक्र क्षेत्री, सचिव नवकिरण शाह, कोहलपुर रेसिङ सहारा क्लब कप्तान हरि कठायत‚ कोच जनक केसी लगायतले लोगो, ब्यानर, टाइसिट र जर्सी सार्वजनिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here