बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको छ ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here