सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्ला छाँयानाथ रारा न.पा.४ भामबाडा गाउँमा आगलागी हुँदा एक घर जलेर पुर्ण रुपमा नस्ट भएको छ ।
छाँया नाथ रारा नगरपालिका-४ भामबाडाका देविराज रावलको तिन तले घर जलेकाे हाे। एक्कासी घरकाे माथिल्लो तलामा आगलागी हुँदा पूरा घर जलेर नस्ट भएको हो ।
रावलकाे साे घरमा १० वटा कोठा थिए भने उक्त घर ढुङ्गा, माटो र काठले बनेको र टिनले छाएकाे घर थियाे ।
खबर पाए लगत्तै जिल्ला प्रहरीको टोलि गई आगो नियन्त्रणमा ल्याएको र कुनै मानवीय क्षति नभएको तर भौतिक र आर्थिक क्षति भएको प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकी जनाए ।





