सर्जन कुमार शाही
मुगु मंसिर २२ गते,
सरकार तथा दातृ निकायहरुले नेपालीका विद्यालय, शिक्षा र पुर्वाधार सुधारका लागि लगानी बढाउदै गरेको बताउदै गर्दा दुर्गम जिल्लाहरुमा रहेका विधालयहरुका शिक्षक र विद्यार्थीहरु शौच गर्न अझै झाडी तिर जान्छन् भन्दा जो कोहिलाइ अचम्म लाग्न सक्छ । अचम्म पनि किन नलागोस २०७६ असोज १३ गते खुल्ला दिशा मुक्तका मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै नेपाललाइ खुल्ला दिशा मुक्त देश तामझामका साथ घोषणा गरियो त्यसै अन्तरगत  मुगु जिल्लालाइ पनि खुल्ला दिसा मुक्त्त जिल्ला भनेर लाखौ बजेट खर्च गर्दै २०७५ जेठ २८ गते घोषणा गरिएको थियो ।

अझै पनि गाउघर र विधालय तिर कसैलाइ दिसापिसाव लागे पाखा, झाडी र जङल तिर जानू पर्ने अवस्था छ भने किन र कसरी, कस्को स्वर्थका लागि देशलाइ नै खुल्ला दिशा मुक्त घोषणा गरियो प्रश्न अनुत्ततरित छ ।

दुर्गम तथा विकट बस्तिमा भएको भए कुनै कारण दिन सकिन्थ्यो तर सरकारी तथा दातृनिकाय, स्थानिय सरकारको आखै अगाडि सधै देखिरहने जिल्ला सदरमुकाम गमगढीको बजारमा अबस्थित २ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु अझै पनि दिशा पिसाव गर्न झाडी तिर जाने गर्छन भन्दा जो कोहिलाइ अचम्म लाग्छ ।

छायानाथ रारा नगरपालिका वडा न ५ माथिल्लाे तुमामा रहेको श्री नव आदर्श आधारभुत विधालय र सोहि पालिका वडा न १३ रुगा गाउमा रहेको मालिका आधारभुत विधालयमा शौचालय नहुदा अझै पनि शौच गर्न त्यहांँका विद्यार्थी र शिक्षक झाडी तिर जान बाध्य भएका हुन ।

यी दुई विद्यालय सदरमुकाम नजिक सराेकारवालाहरुको नजरमा पर्ने सक्ने ठाउमा भएकाले प्रतिनिधि अवस्थाका रुपमा यी विद्यालयहरुलाई प्रतिनिधि काे रुपमा लिन सकिन्छ । सरकार तथा गैरसरकारी निकायका नजर नपुग्ने मुगुका दुर्गम, विकट बस्तिहरुमा रहेका विधालयहरुको अवस्था झन कस्ता होलान् ?

मुगु जिल्लामा विद्यालय सरसफाइ तथा स्वच्छताका लागि विधालयहरुमा लाखौको लगानिमा शौचालय बनाउने एनजिओहरु छन् ती एनजिओहरुले कता लागानी गरे त्यो पनि सोचनिय विषय बनेको छ। नाम नबताउने सर्तमा एक शिक्षक भन्छन् मुगुमा विधालय भवन ३०/४० लाखका बन्छन् शौचालय ६०/६५ लाखका विद्यालयमा शौचालय बनाउने एनजिओ स्थानिय सामान वाहेक सबै आफै ल्याउछन् । के-कति ती सामानको परेको हो विल विद्यालयले देख्नै पाउदैनन् । उनी भन्छन् ‘स्थानिय सरकार एनजिओ सबै कमिसनमा छन, जुन विद्यालयमा कमिसन आउँछ पावरवाला छन उतै भौतिक संरचना बनाउछन् निरीह र पावर पहुच नपुग्ने विधालयका शिक्षिक, विधाथी चुहिने भवनमा बसेर पढन् र पढाउन र दिशा पिसाव लागे झाडी चाहार्न बाध्यछन्’ ।

नव आदर्श आधारभुत विद्यालयका शिक्षक विनोद कुमार मल्ल भन्नुहुन्छ ‘विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै सस्था,सरकारि निकाय बाकी छैनन् , शौच गर्न बालबालिका झाडी तिर जादा लडेर हात खुट्टा भाचिएका, चिप्लिएर चोटपटक लागेका कयौ घटनाहरु छन । हामी शिक्षकहरु शौच गर्न तुम गाउका स्थानियहरुका शौचालय जान्छौ’ ।
शिक्षक मल्लले भन्नुभयो ‘गत वर्ष छायानाथ रारा नगरपालिकाले २ कोठे विधालय भवन बनाइदियो यो बर्ष खानेपानी र शौचालय बनाइ दिन्छौ भनेर नगरप्रमुखले भन्नू भएको छ हेरौ’ ।

उता मालिका आधारभुत विद्यालय रुगामा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउदा शौचालय बगायाे । त्यस यता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गरेयौ कतै सुनुवाइ भएन । दिसा पिसाव लाग्दा झाडी,जङ्गल र गाउलेका निजि शौचालय जानू बाहेक अर्को विकल्प छैन । विधालयका प्राध्यापक चन्द्रबहादुर शाहिले समस्या सुनाउनु भयो ।
सोही विधालय कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्छन् ‘दिशा पिसाव लागे घर वा झाडी तिर जान्छौ, झाडी तिर जादा डर लाग्ने गरेको र आफू एक चोटि दिशा गर्न झाडिमा जादा चिप्लिएर टाउकोमा चोट लागेको थियो ।

त्यस्तै’ कक्षा ४ मा अध्यनरत छात्र राजन रावत भन्छन् ‘दिशा पिसाव गर्न बाहिर जादा पढाइ छुट्छ । सर्प,किराको डर लाग्छ’ । उनी पनि कती चोटि दिशा पिसाव गर्दा आफुलाइ चोट लागेको सुनाउछन ।
रुगामा १८५ विधाथी अध्यनरत छन् छाडा शौच गर्दा वातावरण प्रदुर्षित हुनुका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ ।
समुदायलाई सकारात्मक शिक्षा दिनु पर्ने विद्यालयका शिक्षक आफै खुल्ला ठाउमा शौच गर्नु पर्दा लज्जित हुनु परेको शिक्षकहरु बताउछन् ।

नगरपालिका मातहतका ४५ विद्यालयहरु मध्ये केहीमा नया भवन बनाउदा, बाढी पहिरो आउदा तथा भएका शौचालय जिर्ण हुदा शौचालय विहिन हुनु परेको नगरपालिकालाई अबगत छ । चालू वर्ष मै त्यस्ता विधालयमा छात्र-छात्रा मैत्री शौचालय बनाउने योजना नगरपालिकाले बनाएको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here