सर्जन कुमार शाही – मुगु
मुगु मंसिर २४ गते,
नेपालको सबैभन्दा ठुलो र गहिराे ताल रारा ताल जहाँ पर्यटकहरु जोखिमपुर्ण डुङ्गा यात्रा गर्न बाध्यता छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा अवस्थित रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले डुङ्गा चढेर वारपार गर्ने अनि रमाउने गरेका छन ।
पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गर्ने लाईफ ज्याकेटहरू पुरानाे भएर झुत्रा हुदा पनि प्रयाेग भैरहँदा यहाँ पुग्ने पर्यटकहरूले जोखिम मोलेर तालकाे यात्रा गर्नु परेको हाे ।
चितवन जिल्ला बाट रारातालमा घुम्न आउनु भएका र्याप्टिङ गाइड सुक बहादुर गुरुङ भन्नुहुन्छ रारा तालमा डुङ्गाबाट यात्रा गर्नेहरुले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने रहेछ। यात्रुले प्रयोग गर्दै आएका लाइफ जकेट सबै ड्यामेज भएका छन् , त्यसैमा पनि रारामा चलाउने डुङ्गा एक पटकमा दश जना सम्म बोक्ने क्षमता भएका रहेछन् तर यहाँ डुङ्गामा १४ देखि १६ कहिले कहि २० जना सम्म राखेर सवार गर्ने गरिएको छ, जसले गर्दा दुर्घटनाकाे जाेखिम बढेकाे छ ।
लाइफ जाकेट कुनैको खाेल च्यातिएका पेट र छातिमा बाध्ने फिताका कभर फुटेकाले कुनै पनि बेला दुर्घटनाकाे जाेखिम माेल्नु पर्ने सम्भावना रहेकाे पनि र्याप्टिङ गाईट गुरूङले बताउनु भयाे ।
यात्रुलाइ भरपर्दो र गुणस्तरीय लाइफ जाकेट नहुँदा भगवानको भरोसामा ताल माथि यात्रा गर्नुपर्ने रहेछ । म ८० जनाको टिम लिएर रारा आउदैछु यस्तो अबस्था देखे के भन्लान् समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्रले हर्ने हो कि निकुन्ज कार्यालय कस्ले गर्ने हो फेर्नु पर्ने उनले सुझाए ।
आफ्नो पर्यटन घुमाउन ल्याउनु पुर्व व्यवस्थापनका लागि रारा पुग्नु भएका पर्यटन व्यवसायी डम्बर थापा सुझाव दिदै भन्छन् ‘रारामा प्रयोग भएका लाइफ जाकेट वढीमा तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन्’ । यहाँका लाइफ जाकेट भनेका यात्रुलाई सान्तोना दिने खालका मात्र रहेको पनि पर्यटन व्यवसायी थापाले गुनासो पाेखे ।
यता रारा घुम्न आउने आन्तरिक र वाहिय पर्यटक झण्डै दिनमा एकसय भन्दा माथि संख्यामा रारा तालको मिलीचौर देखि रारा हुटु सम्म डुङ्गा चडेर आउने गरेको रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जानकारी गराएको छ ।
नाम बताउन नचाहने डुङ्गा चालक भन्छन राराका डुङ्गा चालकहरु विना तालिम अनुभवका आधारमा चलाउदै आएका छौ लाइफ ज्याकेट पुराना भए फेर्नु पर्यो नयाँ ल्याउनुस भन्दा निकुन्ज र मध्यवर्ती समितिले वास्ता गर्दैनन । कुन दिन ठुलो दुर्घटना हुन्छ अनि थाहा पाउँछन् ।
रारा मध्यवर्ती क्षेत्र विकास समितिका कार्यालय सचिव लोकेन्द्र वमले कार्यालयको तथ्यांक अनुसार हालसम्म ७० वटा लाइफ जाकेट र आठ वटा डुङ्गा रहेकाे बताए । लाइफ जाकेट रारा राष्ट्रिय निकुञ्जले खरिद गरेको ६ देखि ७ वर्षसम्म पुगिसकेका छन् । कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ जाकेट सम्बन्धि त्यस्तो गुणस्तरीय चेकजाँच गरेको छैन। ३० देखि ४० जाकेट काम नलाग्ने खालका रहेका र डुङ्गा चड्ने यात्रुको चापका कारणले क्षमता भन्दा वढी यात्रु राख्नु पर्ने वाध्यता रहेको पनि सचिव बमले जनाए ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेका अनुसार केही कुरामा सत्यता भए पनि बाहिर आए जस्ताे सबै कुरा सत्यता नभएकाे र सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिदै छिटो गुनासाहरु सम्बोधन गरि राराताल घुम्न आउने आन्तरिक तथा बाहिय पर्यटकहरुकाे रारा यात्रा भरर्पर्दाे र सुरक्षित बनाउन यहाँ रहेका कमि कमजाेरीहरु क्रमश सुधार गर्दै जाने रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका मुख्य निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गत साउन १ गते देखि कात्तिक मसान्तसम्म रारामा आन्तरिक पर्यटक ४ हजार ४९०, सार्क मुलुकका २६ अन्य विदेशी मुलुकबाट ९५ जना सहित ४ हजार ६११ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।





