सर्जन कुमार शाही
मुगु पुस ६ गते,
मुगु जिल्लाको सोरु गाउपालिका वडा न ८ सिड्डिमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयका साना साना बालबालिका खुशिले फुरुङ्ग हुँदै विधालयको चौर वरपर घुमिरहेका थिए । अनुहारमा खुशि शरिरमा फुर्ती कोहि झोला हल्लाइ रहेका त कोहि नङ्ग टोक्दै हासिरहेका त कोहि एक अर्काको कपडा हातले सुम्सुमाइरहेका ।

विजय माध्यामिक विधालय कालैमा अध्यनरत विधाथिहरुले यो जाडो सिजनमा न्यानो कपडा र स्कुलको ड्रेस पाएपछी देखिएको दृश्य थियो यो ।
सोरु गाउपालिकाका भित्र ७ वटा सामुदायिक विधालयमा अध्यनरत छात्र छात्राहरुलाइ व्याक टु लाइफ को आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी- मुगु) नामक गैर सरकारी सस्थाको सहजिकरणमा न्यानो कपडा र विधालय ड्रेस उपलब्ध गरिएपछी विधार्थीहरु खुशी देखिएका हुन ।

विधाथी मात्र होइन आफ्ना छोरा छोरिले यो चिसो सिजनको बेला न्यानो कपडा र ड्रेस पाएपछी अविभावकहरु पनि खुशी भएका छन ।
केसिडिसि मुगु स्वास्थ्य,शिक्षा तथा सामुदायिक परियोजनाका परियोजना प्रवन्धक कृष्ण बोहोराका अनुसार सोरु गाउपालिकाका ७ र छायानाथ रारा नगरपालिकाकाको १ विधालयमा अध्यनरत १ हजार ८५ विधाथीलाई न्यानो कपडामा ट्र्याक सुट,ज्याकेट,टोपि र ड्रेसमा सट ,पाइन्ट ,मेण्डि,जुत्ता र मोजा दिइएको छ ।

चिसो मौषममा न्यानो कपडाको अभावले र स्कुल ड्रेस नहुदा बालबालिकाको मनोबैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस र कपडा कै कारण विधालय शिक्षाबाट वन्चित हुन नपरोस भनेर न्यानो कपडा र ड्रेस वितरण गरिएको केसिडिसी मुगुका अध्यक्ष संगिता मल्ल शाहिले जानकारी गराउनुभयो ।

अध्यक्ष शाहिका अनुसार व्याक टु लाइफको आर्थिक सहयोगमा सोरु गाउपालिका विजय मावी कालै ४९१,मष्टा आधारभुत विधालय तलिकालै ८९, शिवदेव आवि खनाया १२८,श्री नेराआवि सिड्डि ५८,बालज्योती आवि गिलाहा ५६,जनज्योती आवि रुम १३२,महादेव आवि आसिधारा २१ जना गरि जम्मा ९७५ जना छात्र छात्रा विधाथिलाइ ड्रेस र न्यानो कपडा वितरण गरिएको छ भने छायानाथ रारा नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विधालयका ११० जना विधाथिलाइ न्यानो कपडा छिट्टै दिइने छ ।

कपडा मात्र होइन यी विधालयका विधाथी बालबालिकालाइ पटक पटक कापी,कलम,पेन्सिल र झोला पनि दिइदै आएको जनाइएको छ ।
न्यानो कपडा,ड्रेस र स्टेशनरी पाउने थालेपछी विधार्थी नियमित हुने,पढाइमा ध्यान दिने गर्न थालेको विजय मावी कालैका प्रधानध्यापक वीर बहादुर बमले बताउनु भयो । ग्रामिण भेगका बासिन्दाको आथिक अवस्था नाजुक छ ।

सामान्य कपडा,कापी कलम सम्म किन्न सक्ने क्षमता छैन,आफ्ना छोरा छोरिलाइ कपडा,कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गर्थे कपडा स्टेसनरी सहयोगले कमजोर अविभावकको पिडामा मलम लागेको छ प्रअ बमले सहयोगी दातृ निकाय र सस्थालाइ धन्यवाद दिदै सुनाउनु भयो ।

दशै विदा पछि स्कुल खुल्यो स्कुल आउदा जाडो शुरु भैसकेको थियो । म सङ्ग बाख्लो लुगा थिएन । पातला ड्रेस र घरका कपडा थिए बाबा आमालाइ ज्याकेट,सुइटर किनिदिन भने तर बाबाले पैसा छैन पैसा भएको बेला गमगढी बजार गएर किनेर ल्याउला भन्नू हुन्थ्यो बाबासङै पैसा भएनछ १ महिना वित्दा पनि किन्नु भएन अब बाबालाइ सजिलो भयो सस्थाले ज्याकेट,ट्र्याक्सुट,टोपी दियो । स्कुलमा कोठा भित्र दिन भर बस्दा चिसोले आङै काम्थ्यो कति खेर सर जालान र घाम ताप्न बाहिर जाउला हुन्थ्यो अब तातो हुने भयो बाख्ला लुगा पाइहाल्यौ विजय मावी कालैमा कक्षा १० मा अध्ययनरत जेटकला कामिले भन्नुभयो ।

नेपाल राष्ट्रिय आवि सिड्डिमा बालकक्षामा पढ्ने ४ वर्षिया सुनपुरा रोकाया आफुले लगाएको ज्याकेट समाएर हल्लाउदै तातो छ भन्दै खुशी व्यक्त गर्नुहुन्छ ।
व्याक टु लाइफ ले स्थानिय गैरसरकारी सस्थाको सहकार्यमा विगत लामो समय देखि मुगुमा स्वास्थ्य,शिक्षा,पुनर्निर्माण,राहत,उपचार,क्षेत्रमा काम गर्दै आएको छ यसबाट गरिव,निमुखा,पिडित र महिला प्रत्यक्ष लाभान्नित हुँदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here