सर्जन कुमार शाही
मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाँउपालिकामा रहेका नौ बिद्यालयका १ हजार ६ सय बिद्यार्थीहरुलाई सोवरस् नेपालले जाडोमा लगाउने न्यायो ज्याकेट बितरण गरिएको छ ।
खत्याड गाँउपालिकामा रहेका चार माध्यमि बिद्यालय र पाँच आधारभुत प्राथामिक बिद्यालयका १ हजार ६ सय ९ जना बिद्यार्थीहरुलाई सोवरस् नेपालले चिसोमा लगाउने ज्याकेट बितरण गरेको हो ।
उक्त गाँउपालिकामा रहेको लोक प्रिय माबि गम्था ५ सय ३० जनजागरण माबि सेरीका ३ सय ३० रारा आधारभुत रोल १ सय २१ बाल ज्योति श्रीकोट ५५ सरस्वति माबि रिखीया १ सय ६० महादेब माबि ह्यागुलु २ सय ३ सरस्वाति आधारभुत बिद्यालय आब २७ सुमामाई आधारभुत बिद्यालय डाडिय ५६ र आधारभुत बिद्यालय खर्क १ सय २७ गरी १ हजार ६ सय ९ जना बिद्यार्थीलाई न्यानो ज्याकेट बितरण गरिएको काठमाडौबाट सम्बन्धित स्थान सम्म ढुवानी गरी स्थानिय ब्यवस्थापन गर्ने हामी नेपालीको जिल्ला संयोजक अनिल बानियाले जानकारी दिएका हुन । संयोजक बानियका अनुसार सोवरस् नेपालले कुल ४५ लाखमा १ हजार ६ सय ज्याकेट खरिद गरेको हो । हामी नेपालले ६ सय छात्रालाई प्रति ब्यक्ति ६ पिस स्यानेटरी प्याड समेत बितरण भएको जानकारी दिए ।
सोवरस् नेपालका संयोजक रोजी राणाले दिएको जानकारी अनुसार बिद्यार्थीहरुकालागी न्यानो ज्याकेट खरिद गर्न र यहाँ सम्म पुराउन कुनै गैर सरकारी संस्था र सरकारी निकायको रकम नभई सोवरस् नेपालकै आफनै रकममा ज्याकेट बितरण गरिएको हो । यो अभियान कुनै राजनितिक आस्था र कुनै ब्यपारिक स्वार्थ नभई स्वतस्पुर्त सामजिक सेवाको भावना र चिसोकै कारण कुनै पनी बिद्यार्थी पढ्नबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले ज्याकृट बितरण गरिएको बताईन ।
कक्षा कोठामा दिनभर बस्दा चिसोले धेरै बिद्यार्थीहरु बिद्यालय नियमित आउदैनन । सबैको घरमा ज्याकेट किनेर बिद्यालय आउने आर्थिक अबस्था राम्रो भएको हुदैन । निशुल्क सबै बिद्यार्थीले ज्याकेट पाएका छौ न्यानो ज्याकेट नभएकै कारण बिद्यालय नआउने साथीहरुकालागी यो ज्याकेट पाएपछी नियमित बिद्यालय आउने वातबरण मिलेको लोक प्रिय माबिका बिद्यार्थी अनील थापाले बताए ।





