दाङ, ९ माघ
घाेराही उपमहानगरपालिकाकाे न्यायीक समितिले चालू आर्थिक वर्षकाे बितेकाे ६ महिनामा ४५ वटा विवाद मिलाप गर्न सफल भएको छ ।
पालिकाकाे कानुनी मामिला शाखाले मंगलबार दाेश्राे त्रैमासिकसम्ममा सम्पादित कार्य प्रगतिकाे बारेमा जानकारी दिन अायाेजना गरेकाे पत्रकार सम्मेलनमा गत अार्थिक वर्षबाट जिम्मेवारी सरी अाएका २२ वटा र चालू अार्थिक वर्षको २३ वटा गरि ४५ वटा विवादकाे मिलापत्र गराउन सफल भएको छ ।
न्यायीक इजलासमार्फत कार्य सम्पादन गर्दै अाएकाे न्यायीक
समितिले स्थानीय सरकार संचालन ऐनकाे दफा ४७ काे उपदफा १ अनुसार ११ वटा, उपदफा २ अनुसार ९ वटा तथा जिम्मेवारी सरीअाएका २२ वटा विवादकाे मिलापत्र गराएकाे न्यायीक समिति संयाेजक एवम् उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, उपदफा १ अनुसारका २२ वटा विवाद र उपदफा २ अनुसार १६ वटा विवाद दर्ता भएका थिए ।
गत अार्थिक वर्ष र चालू अार्थिक वर्षका गरि कुल ९७ वटा विवाद मध्ये अब फर्छ्याैट हुन ५२ वटा विवाद बाँकी छ ।
पत्रकार सम्मेलनकाे सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गर्नुभएको थियाे ।





