दाङ, १५ माघ ।
दाङको तुलसीप
ुरमा अटो अनियन्त्रित भएर ठेलामा ठोक्किदा पाँच जना घाइते भएका छन् । आज तुलसीपुर ७ शिवनगर स्थित तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको रा १ ह ३२३४ नम्बरको अटो अनियन्त्रित भएर ठेलामा ठोक्किदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा तुलसीपुर ९ का ३५ वर्षिया खिमा भण्डारी, उहाँका छोरा १६ वर्षिय कृष्ण भण्डारी, सासु ६० वर्षिया रेउती भण्डारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै ठेलावाला सोही ठाउँका ३४ वर्षीय शम्भु गुप्ता र अटो चालक तुलसीपुर ७ दोघरे का ५० वर्षीय कुल बहादुर पुन घाइते हुनुभएको छ ।
घाइते मध्य गम्भीर घाइते भएकी रेउतीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । अन्य चार जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।।





