घोराही, १८ माघ ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पुर्वमा हिमपात भएको छ। जिल्लाको उच्छ लेकाली तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । तल्लो क्षेत्रमा वर्षा भएको छ ।

हिमपातसँगै अध्याधिक चिसो बढेको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको सबै क्षेत्र, भुमे गाउँपालिकाको– १, ४,५,७,९ लगाएतको क्षेत्रमा हिउँ परेको भुमे गाउँपालिका– १ लुकुमका दिलचन पुनले बताउनुभयो ।

यस्तै सिस्ने गाउँपालिकाको १ नम्बर वडा, २,४,५ नम्बर वडाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । यस वर्षको पहिलो हिमपात र वर्षा भएपछी जिल्लाबासिहरु खुसी भएका छन् ।

लामो समयपछिको हिमपात र वर्षाले गहुँबाली सप्रने भन्न्दै सिस्ने गाउँपालिका ५ का बल बहादुर थापाले खुसी व्यक्त गर्नुभयो । हिमपात र वर्षासँगै जिल्लामा विद्धुत सेवा अवरुद्ध भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here