त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ८ जना अधिकृतसहित २२ जनाविरुद्ध बिहीवार मुद्दा दायर भएको हो ।
ती अधिकृतहरूमा शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, सुजन फागो लिम्बू, पिताम्बर रिमाल, शाखा अधिकृत ताराबहादुर कुँवर र कुशल बराल छन् । यस्तै गीता साह, अरुण दाहाल, सरोजकुमार यादव, नरवीर खडका, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, विनोद कार्की, रविन अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको अदालत स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा ८ जना अध्यागन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध लिखत कीर्ते र संगठित अपराध गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।  गत मंसिर १८ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागज कीर्ते गरी मानव तस्करी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

खड्काकै बयानका आधारमा अन्य ८ जना अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाए अनुसन्धान अघि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here