बाँकेमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर नेपालगन्ज सडक खण्डको विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण सुरु गरीएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जसंगको समन्वयमा नेपालगन्जको राँझा देखि कोहलपुर सम्मको बिभिन्न २५ स्थानमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य सुरु गरीएको हो ।
सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपैयाको लागतमा बि।एम।एन कन्ट्रक्सन प्रालीलाई ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गर्न लागाइएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले जानकरी दिनु भयो ।
दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय भएको भन्दै नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्रा क्रसिङ निर्माणको कार्य गर्न लागिएको उहाँले बताउनु भयो ।
बजार क्षेत्र, विद्यालय, र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बिश्वास लिएको छ । “ सावरी चलक र पैदल यात्रुले जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पु¥याउने विश्वास लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बताउनु भयो” ।
जेब्रा क्रसिङ नहुँदा पैदल यात्री तथा विद्यार्थीहरु जताततै बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेको थियो । बाँकेमा जनसंख्या बढेसँगै सवारी दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माणको कार्यलाई तिब्रता दिईएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताउनु भयो ।
लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको थियो, जसले गर्दा यात्रा गर्ने यात्रुलाई असहज भएको भन्दै सडक डिभिजन कार्यलय संग समन्वय गरी पुनःनिर्माण गर्न लागिएको नगर प्रहरी प्रमुख थापाले बताउनु भयो ।



