सर्जन कुमार शाही
चैत १ मुगु्
हिमाली जिल्ला मुगुमा स्थानीय तहले भुमिहिनको लगत संकलमा चासो नदिदाँ लगत संकलनमा ढिलाई भएको छ । मुगुमा रहेका चार वटा स्थानीयतहहरुले भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अब्यबस्थित बसोबासको लगत संकलनमा चासो नदिदाँ भुमिहिनको लगत संकलमा ढिलाई भएको हो ।

राष्ट्रिय भुमि आयोग मुगुको आयोजनामा विहिवार भुमिहिनको लगत संकलन, प्रगति विवरणका बिषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै राष्टिय भुमि आयोग मुगुका अध्यक्ष लाल चन्द्र बिकले मुगुका चारवटा स्थानीय तहहरुले भुमिहिनको लगत्त संकलनमा चासो नदिदाँ भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अब्यबस्थित बसोबासको लगत संकलनका ढिलाई भएको बताए ।
उनका अननुसार २ बर्ष पुगि सक्दापनी भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अब्यबस्थित बसोबासको लगत संकलनक मात्रै भएको छ । हाल सम्म के कति भुमिहिन छन भन्ने एकिन तथ्यांक अmझै स्पष्ट नआएको अध्यक्ष् बिकले बताए ।
भुमिहिन लगत संकलनको लागि प्रथम पटक २०७९ भदौ २९ गते ३५ दिने पहिलो सुचना प्रकाशित गरिएको थियो त्यो समय भित्र जिल्लाका कुनैपनि स्थानीय तहले भुमिहिन लगत संकलन नगरेकाले दोस्रो सुचना २०८० फागुन १ गते पुन ३५ दिने सुचना प्रकाशित गरे पछि भुमिहिन सुकुम्बासी भुमिहिन दलित र अब्यबस्थित बसोबासको लगत्त संकल गरेर छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ्ग गाउँपालिकाले मात्रै लगत्त संकल गरेर राष्टिय भुमि आयोगमा पठाएका अध्यक्ष बिकले बताए ।

सोरुगाउँपालिकाले अझै लगंत संकलन गरेर पठाएको छैन । हाल सम्म भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अब्यबस्थित बसोबासको लगत संकलन गरेर छायाँनाथ रारा नगरपालिकामा ४ सय १७ ,खत्याड गाउँपालीका ७ सय ५७ र मुगुम कामारोङ्ग गाउँपालिकाले ३ सय ४० जनाको एक मुष्ट लगत संकल गरेर पठाएका छन भने सोरु गाउँपालिकाले समय समाप्त हुनै लाग्दा समेत लगत संकल गरेर पठाएको छैन ।

भुमिहिनको लगत संकलको लागी दोस्रो पटक प्रकाशित सुचना आगामी चैत ५ गते सकिदै छ । समय सिमा भित्रपनी सोरुगाउँपालिका बाट भुमिहिनको लगंत संकल गरेर आएन भने अन्य प्रक्रिया जाने राष्टिय भुमि आयोग मुगुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here