सर्जन कुमार शाही
मुगु जेठ १३ गते
गाउले सबै यार्सा टिप्न गएको मौका छोपि लुटेरा समुहले मुगुको एक गाउँ दिउसै लुटेका छन ।

मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ डोल्फु गाउमा शनिवार बेलुका ५ बजे हरियारधारी समूह आइ घर घरमा तलासी गर्दै सर सामान लगायत वहुमुल्य सामान नगद लुटेर लगेका हुन ।
गाउका सबै यार्सा टिप्न पाटन गएका र गाउमा बुढा बुढी मात्र रहेका बेला मौका छोपी हरियारधारी समुहले गाउमा रहेका ५० घरधुरिमा २३ घर लुटेको मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराउनु भयो । उहाँका अनुसार गाउमा रहेका गुम्वाका पुजारी र घर रक्षाका लागि गाउँ मै रहेका कुकुरहरुलाइ पनि लुटेर समुहले मणासन्न हुन्र गरि कुट्पिट गरेका थिए ।

यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिसङ्ग बुझ्दा घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरि चौकिबाट प्रहरिको टोलि आज हिडेको र साझसम्म यथार्थ बाहिर आउने बताउनु भयो ।
विगत वर्षहरुमा पनि जुम्लाका पातारासी,पटमारा लगायत बस्तिहरुवाट हरियारधारी समूह आइ झै झगडा गर्ने र यार्सा लुटेर लाने गरेकोले यो घटनामा पनि ती ठाउका कोहि समूह हुन कि अन्य जिल्लाबाट आएको लुटेरा समूह आएर गाउँ नै लुटेको पत्ता लगाइ हदैको कारवाही गर्न जुम्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुसङ्ग समन्वय गरि त्यताबाट पनि नेपाल प्रहरी हिडिसकेको प्रनुख जिल्ला अधिकारी केसिले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा घटना स्थलबाट बडा न १ का वडा अध्यक्ष कार्मा तुन्डुक लामाले घटना बारे जानकारी गराउनु भएको थियो ।

गाउँ नजिक पाटनहरु रहेकाले गाउलेहरु कोहि विहानै पाटन पुग्ने राती घर फर्कने र कोहि १/२ पाटन मै बस्ने फर्कने गर्दछन ।
बन्दुक,तरवार,चक्कु सहित आएका हतियारधारी समुहले गाउका घरहरु फोरी त्यहा रहेका सुन,चादि,पुराना भाडाकुडा,जडिबुटी,पुराना गर गहना,लत्ता कपडा सबै लुटेर लगेका छन ।

प्रहरी घटना स्थल तर्फ गइ रहेकाले त्यहा नपुग्दा सम्म के कति लुटे ,कति कुटिए के कती क्षेती भयो भन्न नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनु भयो ।

घटना स्थल मुगु जिल्ला सदरमुकाम गमगढिबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरिमा पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here