लमही–कोइलाबास सडक खण्डमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।
कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना भएको हो ।
ब्रेक फेल भएर बस सडक किनारको नालीमा खसेको थियो । घाइतेहरु सबैको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।




