सर्जन कुमार शाही – मुगु

विवाहको वार्षिकोत्सवको अवसरमा फरक क्षमता भएका बालबालिकालाई मुगुमा खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेका छन् ।

मुगु , मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका – १ मा पर्ने श्री महाकाली नमुना उच्च माध्यमिक बिधालयमा जिल्लाको एक मात्र विशेष शिक्षा संचालन भएको बिधालयमा बिशेष शिक्षा अन्तर्गत अध्ययन गर्ने फरक क्षमताका (बैरा) समुहका ७ जना बालबालिकाहरुलाई आफ्नो २७ औं विवाहको वार्षिकोत्सवको अवसर पारेर डिभिजन वन कार्यलय मुगुका कार्यलय प्रमुख अमर प्रसाद शाहले खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

यो बर्ष मात्र नभएर २०८० को विवाह वार्षिकोत्सवमा पनि कार्यलय प्रमुख शाहले यिनै फरक क्षमताका बालबालिकाहरुलाई चामल २ बोरा , कपि , सिसाकलम , पेन , अण्डा २ केरेट , चिनी , नुन , तेल र भुजा सहयोग गरेका थिए । यो बर्षमा पनि बालबालिकाहरुलाई खाजा खुवाएर चामल २ बोरा , नुन २५ पाकेट , भुजा , तेल , चिनी , शैक्षिक सामग्री सहयोग गरेका थिए ।

अरुले मलाई के भन्छन् त्यो मलाई थाहा छैन तर मलाई मेरो विशेष दिनमा यसरी खाचो हुने स्थान र व्यक्तिलाई सहयोग गर्दा म भित्र हृदयदेखि खुशी हुने गर्दछु म लिने कुरामा भन्दा दिने कुरामा रमाउने भएको कारण म दिनलाई अग्रसर हुन्छु भनी कार्यलय प्रमुख शाहले बताए ।
पहिला यस बिधालयमा नेपाल सरकारको बिशेष शिक्षा अन्तर्गत पर्ने फरक क्षमताका २४ जना बिद्यार्थी अध्ययनरत थिए अहिले भने ७ जना मात्रै छन् । प्रत्येक बिद्यार्थीलाई नेपाल सरकारले महिनाको ४ हजारका दरले सेवा सुविधा दिने गरेको छ यो सेवा सुविधाले खर्च चलाउन धेरै गाह्रो हुने हाेस्टेल इन्चार्ज डिलेन्द्र मल्लले बताए ।

यदि कसैले आफ्नो हरेक विशेष दिनको अवसरमा जस्तै: जन्मदिन , विवाह , विवाह वार्षिकोत्सव र कुनै पनि सफलता प्राप्त गरेको खुशीयालिमा यस्तो ठाँउमा लगानी गर्ने हो भने फरक क्षमता भएका बालबालिकाको लागि हामी भोलिको भविष्य बन्न सक्थेउ र भोलीका आउने हाम्रा सन्ततिको लागी पनि अझ बलियो मार्ग बन्न सक्ने कुरा मल्लले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here