क्षितिज/ चितवन । मंगलबार बिहान एघार बजे प्राय बिहानकाे खाना खाएर आराम गर्ने समय हाे तर भरतपुर महानगरपालिका-२९ सिमलतालमा ड्युटीमा खटिने गाेताखाेर, नेपाल प्रहरी, सस्त्र प्रहरी र नेपाली सेनालाई भने त्याे छुट थिएन कारण गत शुक्रबार करिब बिहान ३:३० बजे लेदाे सहित आएको पहिरोले बगाएको गणपति र एन्जल्स बस त्रिशूली नदिमा खस्दा ६५ जना यात्रुहरु साे दुर्घटनामा परेका थिए जसमा ३ जनाले हाम्फालेर आफ्नो ज्यान जाेगाए भने ६२ जना वेपत्ता भएको थियो ।
लगातारको बर्षाकाे कारण व्यपत्ता यात्रु र बसकाे खाेजी कार्यकाे चाैथाे दिन सम्म १४ जनाकाे शब भेटीए पनि अझै अन्य हराइरहेकाे कारण आफन्तहरु दुर्घटनाको दिन देखिनै साे स्थानमा शब मात्रै भेटे पनि आफ्नो संस्कार अनुसार गर्थे भनेर कुरिराखेका छन् ।
पछिल्लो समय सञ्चार माध्यमहरुमा आएको समाचार तथा भिडियो सामग्रीहरुले उक्त घटना प्रति राज्यकाे कमजोर उपस्थिति र खाेजी कार्यमा स्राेत साधनको कमी जस्ता टिकाटिप्पणीले गर्दा खाेजी कार्यमा संलग्न सुरक्षाकर्मीहरु काे मनाेबल घट्नुका साथै सञ्चारकर्मीहरु संग खुलेर बाेल्न नसकेको ड्युटीमा रहेका एक सुरक्षा कर्मीले बताए । उता बेपत्ताहरुका आफन्तहरुकाे दबाब, नकारात्मक टिकाटिप्पणी, स्राेत-साधनको कमी र ज्यान जाेखीममा राखेर त्रिशूली काे भेल भित्र पस्नु पर्ने ड्युटी काे बाध्यता काे कारण उनिहरुकाे मुहार मलिन देखिन्थे ।
खाेजिकार्यलाई माथि झाेलुङ्गे पुलबाट निरासाजनक अनुहार लिएर टाेलाईरहेका आफन्तहरु मध्ये एन्जल्स बस संगै व्यपत्ता भएका सञ्चालक समितिका आफ्न्तले भने ‘प्रहरीहरु प्रती हाम्रो केही गुनासो छैन । राज्यले स्रोत साधन जुटाएर छिटो शब भ्यटाईदिए आफ्नो संस्कार अनुसार गर्थ्याैं ।’
त्यस्तै, अर्को एक आफन्त भन्छन् ‘भेटिएका शब पनि नकुहने गरि सुरक्षित राखेकाे अवस्था छैन सबै गनाउन थालेका छन् , फिनेल र सेनिटाइजर समेत प्रयोग गरेका छैन , त्यतिकै शव गृहमा फालेका छन् कुहिएकोले किरा पर्न थालेको छ जसलाई आफन्तले पहिचान गर्न समेत नसक्ने अवस्था भैसकेको छ ।
वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।
प्रशासनका अनुसार मंगलबार सम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये ६ जनाको पहिचान भएको छ । बाँकीको पहिचान हुन सकेको छैन ।





