सर्जन कुमार शाही
मुगु साउन २ गते,
आज १७ जुलाइ संसारभर आजको दिनलाइ अन्तरास्ट्रिय फौजदारी अदालत स्थापनाको लागि रोम विधान पारित गरिएको दिनको रुपमा स्मरण गर्दै संसार भर अन्तरास्ट्रिय न्याय दिवश मनाइने गरिन्छ ।

विभिन्न काल खण्ड युद्ध अपराध,आमनरसन्हार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरुलाइ जवाफदेही बनाउनुका साथै पिडितको न्याय सुनिश्चित गर्न संयुक्त राष्ट संघको महासभाबाट सन १९९८ जुलाइ १७ मा रोम विधान पारित गरिएको थियो ।

हालसम्म रोम विधानको पक्षमा १२३ राष्टले हस्ताक्षर गरेर यो विधानको पक्ष राष्ट भैसकेका छन भने दक्षिण एसियाका बङलादेश,अफगानिस्तान,माल्दिप्स लगायत देश पनि रोम पक्ष राष्ट भैसकेका छन ।
नेपाल रोम पक्ष राष्ट अझैसम्म नहुदा यहाँ युद्ध अपराध,नरसंहार, मावतता विरुद्धका अपराधका घटनामा संलग्न व्यक्तिहरु खुलेआम देश तथा विदेशमा घुमिरहेका छन उनिहरुलाइ अन्तरास्ट्रिय कानुन लगाइ अदालतको कठघरमा उभ्याइ पिडित परिवार न्याय दिन नेपाल रोम पक्ष राष्ट बनाउन औचारिक सेवा केन्द्र (इन्सेक) को अगुवाइमा नागरिक सस्थाहरुले वुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

७७ वटै जिल्लामा नागरिक सस्थाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई जुलाइ १७ को अवसर पारेर ज्ञापन पत्र बुझाइएको इन्सेक मुगुका प्रतिनिधि सर्जन कुमार शाहिले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाइ बुझाइएको ज्ञापन पत्रमा भनिएको छ पुर्न स्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाइ अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रुपमा सन्कल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउदछौ साथै मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाको क्रममा नेपालको विगतका समिक्षाहरुमा आएको सुझावहरु मध्य रोम विधान पारित गर्नको लागि धेरै राष्टहरुले गरेको सुझाव प्रती पनि ध्यानाकर्षण गर्न चाहन्छौ ।

यसै गरि तत्कालिन परराष्ट्रमन्त्री माननीय उपेन्द्र यादवले २०६५ साल माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नु पर्ने एजेन्डा तत्कालिन सरकारको क्याविनेटमा प्रस्तुत गर्नु भएको तथ्य पनि अवगत नै छ । त्यसैले नेपाल सरकारको तर्फबाट अन्तरास्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरि अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ ।

मुगु जिल्लाबाट बुझाइएको ज्ञापन पत्रमा नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,अधिवक्ता जिल्ला बार एशोसियन मुगुका अध्यक्ष कुवेरजङ्ग शाही,महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाही ,नया पत्रीकाका पत्रकार अच्युतराज भण्डारि,सगरमाथा टेलिभिजनका पत्रकार सनत कुमार हमाल र इन्सेक प्रतिनिधि सर्जन कुमार शाहिले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारि टोपेन्द्र केसि मार्फत नेपाल सरकारलाइ ज्ञापन पत्र बुझाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here