कैलाली । कैलालीमा अस्पताल बनाउने भन्दै झुक्याएर चर्च बनाएकाे प्रति धनगढी नगर इसाई समाजले आपत्ति जनाएको छ ।

केही दिन एता सामाजिक सन्जालमा धनगढीमा बनेकाे आलिसान चर्च भवनकाे चर्चा चुलिएको छ । जसले मिलेर बसेकाे नेपाली समाज भित्र धार्मिक अनतरङ्ग नै फैलाउने काम भैरहेकाे साे खबरहरुले पुष्टि गरेकाे छ भने संसदमै राप्रपाका  माननीय ज्ञानेन्द्र शाहीले साे बिषयमा विशेष समय लिंदै १ मिनेट ५१ सेकेन्ड खर्चंदै यसै सन्दर्भमा तुरुन्तै कारबाहीकाे माग गरेका थिए ।

यसै बिच विगत लामाे समय देखि इसाई धर्मलम्वीहरुकाे हकहित काे पक्षमा काम गर्दै आएका धनगढी नगर इसाई समाजले यस बिसय प्रति आपत्ति जनाउँदै मंगलबार विज्ञप्ति निकालेकाे छ।

उक्त विज्ञप्तिमा भनेकाे छ यसरी धनगढी उप-महानगरपालिका-७ का वडा कार्यलय र जग्गा धनी संग अस्पताल बनाउने सम्झौता विपरीत अन्य प्रयाेजनमा साे भवन प्रयाेगमा ल्याएकाे र उक्त चर्च काे कारण समाजमा पर्न गएको नकारात्मक प्रभाव बारे चासो व्यक्त गर्दै साे चर्च धनगढी उप-महानगरपालिका काे नगर इसाई समाजमा कुनै पनि संलग्न नरहेको र यसबारे जानकारी पनि नगराई चर्च संचालनमा ल्याउँदा सहिष्णुता विपरीत सन्देश गएकोले साे चर्च प्रति घाेर भत्सर्ना छ भनी आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here