सर्जन कुमार शाही
साउन ०९ गते
मुगु , ग्रामीण सामुदायिक संस्था (Gss) मुगुको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखापरीक्षण तथा वार्षिक साधारण सभा साउन ०९ गते छाँयानाथ रारा -६ बालैमा गरेको हो ।

गैरसरकारी संस्था (Gss) मुगुको आयोजनामा र UMN नेपालको सहयोगमा भएको लेखापरीक्षण तथा साधारण सभा उक्त संस्थाको २१ औं जन्म स्थापनाको दिन पारेर गरिएको थियो ।

संस्थाको लेखापरीक्षण तथा साधारण सभा र (Gss) मुगुको २१ औं वार्षिक उत्सवमा समन्वय समितीकि उप प्रमुख नैली कार्की , सहयोगी संस्था UMN का प्रमुख नेत्र बहादुर शाही , inf मुगुका प्रमुख जुवारिलाल कार्की, cds पार्कका सचीव अर्जुन शाही , छाँयानाथ रारा नगरपालिका -६ का वडा अध्यक्ष खेम बहादुर रावल , सोरु गाउँ पालिकाका सम्पुर्ण सेवाग्राही , नेपाल पत्रका महासंघ मुगु शाखा बाट अच्युतराज भण्डारी ,सर्जन कुमार शाही , सम्पुर्ण संस्थाका पदाधिकारी र कर्मचारीहरुको उपस्थित थियो ।

कार्यक्रमको सभाअध्यक्ष संस्थाका अध्यक्ष बलराम सहानी थिए भने प्रमुख अतिथि नैली कार्की र संस्थाको साधारण सभा सहजीकरण कार्यमा नयाँ पत्रीका मुगुका समाचारदाता अच्युतरा भण्डारीले गरेका थिए ।
संस्थाले वर्षभरी गरेका कामको विवरण संस्थाका कार्यक्रम संयोजक बासुदेव रावलले प्रस्तुत गर्दै जसमा शिक्षा , स्वास्थ्य र अपांगता भएका व्यक्तिलाई लक्षित गरि सोरु गाउँमा कार्यसम्पादक भएको थियो कार्यक्रममा सम्पुर्ण उपस्थितहरुलाई स्पष्टरुपमा बताएका थिए ।

“सुशासित संस्था ,समुन्नत समाज” संस्थाको मुल द्देयलाई ध्यानमा राखी काम गरेको सकारात्मक धारण सम्पुर्ण सहभागीले राखेका थिए । जसमध्ये सोरु गाउँपालिका धोपिका बिधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर शाहीले अहिले आफ्नो बिधालय शैक्षिक क्षेत्र सुधारका लागी धेरै राम्रो काम गरेको र त्यो भन्दा अझ स्थानीय पाठ्य पुस्तक निर्माणको लागी पालिकासंग समन्वय गरेको बनेको अब छिटोनै कार्यन्वयनमा ल्याउनको लागि पालिकासंग समन्वय गर्ने कुरा स्पष्ट पारेका थिए ।

सहयोगी संस्थाको तर्फबाट आफ्नो तर्क राख्दै (UMN ) नेपालका प्रमुख नेत्र बहादुर शाहीले Gss ले गरेको पारदर्शीताको लागी धन्यवाद दिदै आउदा दिनमा समन्वय र सहकार्य गर्ने कुरामा आशा व्यक्त गरेका थिए भने । inf मुगुका प्रमुख जुवारिलाल कार्कीले सहभागीहरुको सकारात्मक कुरालाई सम्बोधन गर्दै असलको लागी धन्यवाद दिएका थिए ।

वडा अध्यक्ष खेम रावलले आफ्नो भनाई राख्दै संस्थाले गरेको असल कामको प्रशंसा गर्दै धेरै सहभागीले साबिकको पिना गाबिसमा जन्मेको संस्थाले सोरुमा मात्र नभएर आफ्नो स्थानमा पनि काम गर्ने गुनासोलाई सम्बोधनलाई आफ्नो घर फर्किन पनि आग्रह गरेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको विनियोजित बजेट ३ करोड ६ लाख बजेट थियो भने यो आर्थिक वर्ष २०८१/०२ का लागी सहयोगी संस्था UMN द्दारा साझेदारमा शिक्षा , स्वास्थ्य , अपांगता र अन्य क्षेत्रमा कार्य गर्नका लागि २ करोड ३७ लाख ९८ हजार बजेट विनियोजन गरेको छ यसमा तोकेको क्षेत्रमा काम गर्नको लागी सधै इमानदार रहने कुरा कार्यक्रम संयोजन बासुदेव रावल बताए ।

संस्थाका अध्यक्ष बलराम सहानीका अनुसार मुगुका धेरै अपांगता भएका मानिसहरूए यो संस्थाद्दारा औसधि उपचारको सेवा पाईरहेका छन , स्वास्थ र शैक्षिक क्षेत्रमा धेरै सुधारका कार्य भएको र अझै सेवा दिनको लागी संस्था तयार रहेको बताउदै समाजमा नकारात्मक सोचाई भएका मानिसहरूले कति ठाँउमा काम गर्दा इमानदारिता नदेखाउने बिचैमा समान हराउने जस्ता काम समुदायमा देखिने गरेको कुरामा चुनौती रहेको र बिस्तारै यस्ता नकारात्मक मानिसको सोचमा पनि बद्लिने कुरा सहभागी सम्पुर्णमा राख्दै सहभागीहरुले धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here