कोहलपुर / बाँकेको कोहलपुरमा एकदिने निशुल्क आखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर नगर ईसाई समाजको आयोजना कौशिल्या अस्पतालको सहजीकरण र कोहलपुर नगरपालिका स्वास्थ शाखाको संरक्षणकमा शिविर संचालन भएको हो ।
मनसुनको वायु प्रणाली नेपालमा प्रवेश भएसगै
आम मानिसमा बढ्दै गरेको आखाँको समस्यालाई मध्यनजर गरि शिविर संन्चालन गरेको नगर ईसाई समाज कोहलपुरका अध्यक्ष बालकृष्ण बिकले जानकारी दिएका छन । उनका अनुसार ईसाई समुदाय एउटा धार्मिक क्रियाकलाप मात्र गर्ने नभएर सामाजिक क्षेत्रलाई पनि उत्तिकै जोड दिदै सबै संग हातेमालो गरि निरन्तर सामाजिक सेवामा लागेको अध्यक्ष बिकले बताएका छन ।
कोहलपुरको २ आनन्दनगरमा संचालित उक्त शिविरमा विभिन्न स्थान बाट करिव २०० जना भन्दा बढीको उपस्तिथि रहेको थियो भने शिविर चेकजाँच गर्ने बरिस्ठ नेत्र रोग विशेषज्ञ निरोज काफ्लेको उपस्थिति रहेको थियो।







