सर्जन कुमार शाही
साउन १८ , २०८१
मुगु ,छाउपडी प्रथा नेपालका केही ग्रामीण क्षेत्रमा अभ्यास गरिने एक परम्परा हो जसमा महिनावारी भएको समयमा महिलाहरूलाई घर बाहिर सानोतिनो कुटी वा गोठमा बस्न बाध्य पारिन्छ। यो प्रथा मुख्यतः पश्चिम नेपालका जिल्लाहरूमा व्यापक रूपमा प्रचलित छ जस मध्ये मुगु जिल्लामा अहिले पनि यो प्रथा अभ्यास भैरहेको छ ।
महिलाहरूलाई गोठमा बस्न बाध्य पार्दा उनीहरूको स्वास्थ्य जोखिममा पर्छ। यसमा सर्पदंश, चिसो, र अस्वच्छता कारण संक्रमणको सम्भावना हुन्छ । महिनावारीको समयमा उचित स्याहार र सरसफाई नहुनाले संक्रमण र अन्य स्वास्थ्य समस्या उत्पन्न हुन्छ । यो प्रथाले महिलाहरूलाई मानसिक रूपमा कमजोर बनाउँछ। उनीहरूले आफैलाई अपवित्र र अरूभन्दा कम महत्त्वपूर्ण महसुस गर्छन्। एक्लोपन र डरको अनुभव गर्छन्, जसले मानसिक तनाव र डिप्रेशनको सम्भावना बढाउँछ ।महिनावारीको समयमा छात्राहरू विद्यालय जान सक्दैनन् जसले उनीहरूको पढाईमा अवरोध पुर्याउँछ शिक्षामा निरन्तरता नभएकाले उनीहरूको शैक्षिक स्तरमा कमी आउँछ।
महिलाहरूलाई समाजबाट अलग गराउँछ र उनीहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ । लैंगिक असमानता बढाउँछ र महिलाहरूको अधिकार हनन गर्छ यसले स्वास्थ प्रजननमा समेत समस्या निम्त्याउछ ।
सरकारले छाउपडी प्रथा अवैध घोषित गरेको छ र यसलाई समाप्त गर्न विभिन्न कानुनी कदमहरू चालिरहेको छ विभिन्न गैरसरकारी संगठन र सामाजिक कार्यकर्ताहरूले ग्रामीण क्षेत्रमा यो प्रथाबारे सचेतना फैलाउन प्रयासरत छन् महिलाहरू र समग्र समाजलाई महिनावारीसँग सम्बन्धित वैज्ञानिक जानकारी र मिथकहरूबारे शिक्षित गराउँदै छ।
लामो समय सम्म छाउपडी प्रथा अन्त्यताका सरकार सरकारी र गैरसरकारी संघ संस्थाहरुले धेरै अभ्यास गरिरहेका छन् शहरी क्षेत्रमा केही मात्रामा कम भएको देखिन्छ भने ग्रामीण क्षेत्र दुरदराजमा जस्ताको तस्तै छ । यो समस्याको समाधान नहुनुमा रुढीबादी परम्पराको अभ्यास ग्रामीण गाउँमा भैरहनाले हो ।
मैले महिनावारी भएर घर बाहिर बसेकी सोरु गाउँपालिका – ८ कि रुपकन्न्या रावललाई सोधेको थिए तपाई घर बाहिर किन बस्नु हुन्छ भित्र बस्दा पनि त हुन्छ भनेर तर उहाँले भन्नु भएको थियो मेरो घरमा देवताको थान छ भित्र बस्दा देवता रिसाए भने आफू र आफ्नो परिवार बिरामी हुने प्रतिक्रिया दिईएकि थिइन् ।
प्रतिक्रियाकै क्रममा छाँयानाथ रारा नगरपालिका १० कि १ जना छात्रालाई सोधेको थिए महिनावारी हुँदा बिधालय जानू हुन्छ कि जानू हुँदैन ? अनि घरमा बाहिर बस्नु हुन्छ वा भित्र नै अध्ययनमा कतिको बाधा पर्छ भनेर सोधे उनले जवाफ दिईएकि थिइन् सुरु – सुरुमा महिनावारी भएको बेला बिधालय जान गाह्रो हुन्थ्यो अहिले त जान्छु तर घरमा भित्र बस्ने वातावरण नहुदा बाहिर नै बस्नु पर्छ आफ्नो घरमा गरिने अध्ययनमा समस्या आउने गरेको कुरा बताइन् ।
आज यस्तै छुच्चो समस्यालेको कारण गाउँघरमा महिलाहरु महिनावारी भएको समयमा उचित स्याहार नपाएर नै भोलि स्वास्थ्यमा समस्या आउने र आङ खस्ने समस्या बढने स्वास्थ्य कर्मिको ठहर छ ।
प्रजनन स्वास्थ्य शिक्षालाई मजबुत बनाई छाउपडी प्रथा न्यूनीकरणको लागी स्वास्थ प्रजनन शिक्षामा महिनावारिको बिसय पनि रहने भएकाले अहिले बिधालय क्षेत्रबाट नै महिनावारी सम्बन्धि राम्रो शिक्षा प्राप्त गरेर समस्यादेखि बचोस भन्ने हेतुले ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सीडीएस पार्क) मुगुले अहिले RHRN -2 कार्यक्रमद्दारा छाँयानाथ रारा नगरपालिकाका मुगुका ६ वटा बिधालयमा स्वास्थ्य प्रजनन सम्बन्धीको पाठयपुस्तक संचालमा ल्याइएको छ यसमा ८ देखि १० कक्षा सम्ममा बिद्यार्थीहरुले सिकाइको अवसर लिएका छन् । यसले प्रजनन स्वास्थ्यमा किशोर-किशोरीहरुका लागी धेरै प्रभावकारी भएको ( CDS -PARK ) मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।





