सर्जन कुमार शाही
असार १९,
मुगु , मुगु जिल्लामा प्रजनन स्वास्थ्य शिक्षामा ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र सिडिएस-पार्क ( CDS PARK ) मुगुले मुगु जिल्लामा भएका अरु गैरसरकारी संस्था भन्दा धेरै नमुनामय काम गर्दै आएको छ ।

प्रजनन स्वास्थ्य शिक्षा एक महत्वपूर्ण विषय हो जसले व्यक्तिहरूलाई उनीहरूको प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र सीपहरू प्रदान गर्दछ , यसैकारणले यो शिक्षा विभिन्न स्तर जस्तै व्यक्ति, विद्यालय, समुदाय, पत्रकार र स्वास्थ्य सेवा केन्द्रहरूमा RHRN -2 कार्यक्रमद्दारा शिक्षा दिदै आइरहेको छ ।

प्रजनन स्वास्थ्य शिक्षामा ( cds park ) मुगुले लामो समयदेखि निम्न मुख्य विषयहरूमा शिक्षा दिदै आएको छ :

शारीरिक विकास र प्रजनन प्रणाली : पुरुष र महिलाको प्रजनन प्रणालीको संरचना र कार्य किशोरावस्थामा हुने शारीरिक परिवर्तनहरू र तिनीहरूको व्यवस्थापनको बारेमा ( CDS PARK ) मुगुले उचित र नमुनामय शिक्षा र उत्साह दिईरहेको छ । (cds park) मुगुले मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा वडा न ८ मा २० वर्ष उमेर पुग्दासम्म पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरेको थियो । जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले ७ जना किशोरीलाई सम्मान गरेको हो , जसले शारीरिक रुपमा परिपक्व नभएसम्म सानो उमेरमा बाल विवाह रोकथाम होस् भन्ने हेतुले गरेको थियो ।

प्रजनन स्वास्थ्य : समस्याहरूको यौन संक्रामक रोगहरू (STIs) र तिनीहरूको रोकथाम परिवार नियोजन र गर्भधारणको रोकथामका उपायहरूको बारेमा पनि ( CDS PARK ) मुगुले शिक्षा दिइरहेको छ ।

यौन अधिकार र तिनीहरूको महत्त्व : लैंगिक समानता मानिसले आफ्नो चाहना अनुसार बच्चा जन्माउने र नजन्माउने भन्ने यौन अधिकारी प्रत्येक नागरिकलाई नेपालको संविधानले दिएको छ । यसै प्रजनन स्वास्थ्यको अधिकार बारे थप ग्रामीण भेगका मानिसलाई ( cds park ) मुगुले मुगु जिल्लाका सम्बन्धित सरोकार वाला मानिसहरू र जिल्लछाँयानाथ रारा नगरपालिकाका ६ वटा बिधालयमा कक्षा ८-१० सम्माका किशोर किशोरीहरुलाई लक्ष्यित गरेर प्रजनन स्वास्थ र यौन अधिकारको बारेमा शिक्षा दिदै आएको छ ।

मानसिक स्वास्थ्य र यौनिकता : यौनिकता र त्यसको मानसिक स्वास्थ्यसँगको सम्बन्ध यौनिकता सम्बन्धी गलत धारणाहरू र तिनको निराकरण गर्नको लागी पनि cds park मुगुले ठुलो भुमिका खेलेको छ र सिडिएस पार्कले बृहत यौनिकता शिक्षालाई स्थानिय पाठ्यक्रम मार्फत लागु गरेको छ । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धि ६ वटा विद्यालयमा भित्ते चित्रद्धारा समेत सचेतना गराएको छ ।

पोषण र स्वच्छता : गर्भावस्थामा पोषणको महत्त्व र स्वच्छता नवजात शिशुको हेरचाह र मातृत्व स्वास्थ्यको हेरचाह गर्नु अति नै आवश्यक छ र यसका सरकारले पनि ठुलो भुमिका खेलेको छ तर ग्रामीण क्षेत्रमा भने पाेषण र स्वच्छता न आमा न त बच्चामा नै लागू भएको पाइन्छ मुगुको सन्दर्भमा भन्दा भौगोलिक विकटताको कारण जुन सुकै तरिकाहरु अपनाउन खोजे पनि लागू हुन मुस्किल छ दुरदराजका धेरै गर्भवती आमाहरू पोषण युक्त खाने कुरा खान पाएको छैनन् । यो बिसयलाई प्राथमिकतामा ल्याउनको लागी (cds park) मुगुले ठुलो भुमिका खेलेको छ शिक्षा संगै धेरै आमा र बच्चाहरुलाई सहयोग गर्दै आएको जसमध्ये सोरु गाउपालिका कि चौकन्या नेपाली र उनकि छोरी लाई राहत सामाग्री वितरण गरेको थियो । अति बिपन्न महिला लामो समय देखि कमजोर आर्थिक अवस्था झेलिरहेकि सहारा दिने कोहि पनि नभएकि महिला थिइन् । CDS-PARK मुगुले सहारा बिहिनका लागि राहत कोष पनि स्थापना गरेको छ जसले गर्भवती आमा र बच्चालाई पाेषण युक्त खाद्यान्न वितरण गर्न सकिने छ ।

प्रजनन स्वास्थ्य शिक्षा : व्यक्तिहरूलाई सुरक्षित यौन व्यवहार अपनाउन प्रेरित गर्दछ, जसले गर्दा यौन संक्रामक रोगहरूको संक्रमण दर घटाउन र अवांछित गर्भधारणबाट बच्न सहयोग पुर्याउँछ। साथै, यो शिक्षाले समाजमा लैंगिक समानता र यौनिक अधिकारहरूको प्रवर्द्धन गर्छ, जसले गर्दा समग्र स्वास्थ्य र कल्याणमा सुधार आवश भनेर cds park मुगुले प्रजनन स्वास्थ्य शिक्षा दिदै आएको छ ।

अपाङ्गता स्वास्थ शिक्षा : मुगु जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको बिचमा काम गरिरहेका गैरसरकारी संस्थाहरु मध्ये पछिल्लो चरणमा भने मनुनाको लागि कोर ग्रुपको आर्थिक सहयोगमा कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सीडीएस पार्क) मुगुको सहिजीकरणमा वृहत अपाङ्गता स्वास्थ्य कार्यक्रम मार्फत सीडीएस पार्कले सुर्खेतको (वीरेन्द्रनगर अस्पताल र धारापानी आधारभूत सेवा स्वास्थ्य केन्द्र), र मुगु जिल्लाको ( जिल्ला अस्पताल र ढुङ्गेधारा Elsewhere चौकी) मा चारवटा अपाङ्गमैत्री नमूना स्वास्थ्य संस्थाको निर्माण गरिरहेको, सूचनाको सहुँच बढाउनका लागि अपाङ्ग मैत्री डिजिटल मोबाइल एप , वेबसाइट पनि सुरु गरेको छ र अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रजनन् स्वास्थ्य शिविर पनि गरिरहेको छ ।

सम्पूर्णमा, प्रजनन स्वास्थ्य शिक्षा प्रत्येक व्यक्तिको जीवनको अभिन्न हिस्सा हुनु आवश्यक छ, जसले गर्दा उनीहरू स्वस्थ र सशक्त जीवन जिउन सक्षम हुन्छन् यसै कुरालाई प्राथमिकतामा राखी जिल्लाका स्वास्थ्य कर्मी , शिक्षक बर्ग , बालबालिका , संचारकर्मी र अन्य सामुदायका मानिसहरुका बिचमा काम गरिरहेको र निरन्तर रुपमा काम गर्ने भनेर (सिडिएस-पार्क)मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here