काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि उनले राजीनामा दिएको हो । बेलायतको स्काई न्युजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।

हसिनाले भने सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ । देश भित्र प्रदर्शनले उग्ररुप लिएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ लागेकी हुन्। उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ भाइरल भएको थियो । तर, त्यो भिडिओ अहिले हटाइएको छ । बंगलादेशको अखबार डेल्ली स्टारका अनुसार हसिना प्रधानमन्त्री कार्यालय गोनो भवनबाट सुरक्षित स्थानतर्फ गएको बताएको छ । तर, राजीनामा दिएर हो वा नदिइकन भने खुलाइएको छैन ।

आज ३ बजे बंगलादेशका सेनापतिले देशको नाममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । जुलाई १५ बाट कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ भने आइतबार एकै दिन ९० जनाको ज्यान गएको थियो ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय गोनो भवनमा प्रदर्शनकारीहरु प्रवेश गरिसकेका छन् । स्थानीय समयअनुसार दिउँसो ३ बजे प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका डेल्ली स्टारले उल्लेख गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् ।

बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो ।

सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युनले लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस् ।’

उनले अन्दोलनकारीहरुलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरुले न्याय पाउने आश्वसन समेत व्यक्त गरेका छन् ।

त्यस्तै, नेपाली दूतावासले बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्‍चितकालीन कर्फ्यू आदेशसमेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले आज सार्वजनिक सूचनामा सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

केही समस्या भए सम्पर्कका लागि फोन नम्बर पनि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here