दाङ, १४ भदौ ।
घोराही, तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने सेवारखोलाको पुल नहँुदा बैकल्पिक बाटोको रुपमा वारपार गर्न डाईभर्सन बनाईएको थियो । तर बर्षा लागे संगै उक्त डाईभर्सन भत्किएको थियो । उक्त डाईभर्सन भत्किए पछी बैकल्पिक बाटोको रुपमा घोराही नयाँ बसपार्क हुँदै बाहुनडाडा र गोरखा अस्पताल रोड हुँदै झिङगौराको बाटो प्रयोग गरिँदै आएको थियो । उक्त बाटोमा भारबहन क्षमता भन्दा बढीको मालबाहक गाडी गुड्दा बाटोमा राखिएको कल्पट जिर्ण अवस्थामा पुगेको हो ।
यो बाटो बैकल्पिक बाटोको रुपमा प्रयोग गरिदै आए पनी मर्मतको लागी भने कुनै निकायको ध्यान नगएको र जसकारण दुर्घटनाको जोखिम अत्याधिक रहेकोले यसमा सम्बन्धित निकायले समयमा नै ध्यान दिन आबश्यक रहेको घोराही उपमहानगगरपालिका १६ बाहुनडाडाकी स्थानिय सिता चौधरीले बताउनुभयो । त्यस्तै यस बाटो भई हिड्ने अटो,मोटरसाईकल लगाएत साना सवारी साधन रातको समयमा खाल्डोको कारण दुर्घटना बढ्न सक्ने सम्भाबना रहेकोले सोही बाटो हुँदै हिड्दा सजकता अपनाउन सोही ठाउका स्थानिय अटो चालक रमेस चौधरीले सबैमा आग्रह समेत गर्नुभएको छ ।
यस्तै यता घोराही उपमहागनगरपालिका १३ झिङगौरा चोक हुँदै बाहुडाडा निस्कने बाटो पनी बैकल्पिक बाटोको रुपमा प्रयोग गर्दा उक्त बाटोमा पर्ने कल्पटको अबस्था पनी जिर्ण रहेको छ । उक्त कल्पट जिर्ण अबस्थामा हँुदा त्यस ठाउमा पनी दुर्घटनाको उच्च जोखिम रहेको छ । बेला बेलामा कल्पट मर्मत कार्य भए पनी त्यति प्रभाबकारी नभएको घोराही उपमहानगरपालिका १४ झिङगौराका स्थानिय मंगल चौधरीले बताउनुभयो ।
सेवार खोलामा बैकल्पिक बाटोको रुपमा डाईभर्सन धेरै पटक बनाए पनी बर्षाले गर्दा त्यति लामो समय टिक्न सकेको थिएन । बिशेष त यस सेवार खोलाको पुल समयमा बनी नसक्दा यस घोराही तुल्सीपुर सडकखण्ड अन्तर्गत भई चल्ने सवारी साधनहरुले बेला बेलामा लामो दुरी बाटो रोज्नु पर्ने बाध्यता रहेको छ ।।




