कोहलपुर /  बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखी सहकारी संस्थाले २२औं वार्षिकर्षि साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएको हो । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य ढकालले साधारणसभाको उद्घाद्घाटन गरेका थिए ।
उद्घाद् घाटन शत्रमा बोल्दै प्रमुख अथिती ढकालले पछिल्लो विषम परिस्थितीमा समेत संस्थाले आफ्नो विश्वास टुट्न नदिई शेयर सदस्यहरुको मनजित्न सफल भएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत थप सफलता को शुभकामना दिएका थिए ।
पछिल्लो समय ठुला र धेरै लगानि गरेका भनिएका सहकारीहरू धारासायी भएर दिनप्रतिदिन भाग्ने क्रम बढि रहेको प्रसंग उठाउँदै ढकालले सहकारीबाट ठगिएका ब्यक्तिहरूको पक्षमा आफुले निरन्तर रूपमा सँसदमा आवाज उठाईरहेको बताए । उनले आफु संसदको कृषि , सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य समेत रहेको उल्लेख गर्दै समितिले सहकारी सम्बन्धि कडा कानुन निर्माणका लागी आवश्यक तयारी गरी रहेको दावी समेत गरे । उनले सबैले सहकारी बाट ठगिएका बचतकर्ताहरूलाई उनि हरूको पैसा फिर्ता गराउने प्रक्रिया अगाडि बढेको दावि गर्दै ढिलो चाँडो सबैले न्याय पाउने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी , पत्रका र महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा , कोहलपुर नगरपालीका सहकारी उपशाखाका प्रमुख अग्नी आचार्य, कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डी प्रसाद गैरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी शुरसा कुमारी बुढा तथा बचतकर्ता तर्फ शिशिर बिक र पूर्णप्रसाद पोखरेलाई सम्मान गरीएको थियो । साधारणसभाको उद्घाद्घाटन सत्रमा संस्था का अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वार्षिकर्षि प्रतिवेदन तथा बजेट, नीति र कार्यक्रम पेश गरेका थिए । बन्दसत्रमा उक्त प्रतिवेदन पारित गरीएको संस्था का प्रमुख कार्यकारी अधिकृत माधब पोखरेलले जानकारी दिए । बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको उक्त सहकारीले अहिले कोहलपुरसँगै सम्झना र हवल्दारपुर सेवा केन्द्रबाट पनि सेवा प्रवाह गर्दै आईरहेको छ । सहकारीले यस वर्ष सम्पुर्ण खर्च कटाएर २८ लाख ७३ हजार ५६३ रुपैयाँ नाफा गर्न सफल भएको पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here