आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक

काठमाडौँ चर्चित म्हेन्दो माया तथा तामाङ्ग सेलो गायक आर बि लामा वाङ्देनको म्हेन्दो माया गीत “जिरा मसला “को म्युजिक भिडियो Damizz Nuwakot को अफिसियल YouTube Channel बाट आज सार्वजानिक भएको छ ।
तामाङ्ग समुदायको महान पर्व २८५७ औं (लाङ्ग ल्हो ) सोनाम ल्होछारको अवसरमा आर बि लामा वाङ्देनले एक महिना भित्र २ ओटा एल्बम निकाल्न सफल भएका छन् ।
३ हप्ता अघि मात्रै लामाले चर्चित म्हेन्दो माया “म्हेन्दो ज्यावा पाटोला ” भन्ने म्युजिक भिडियो बजारमा ल्याईएको थियो । उक्त गीत अत्यन्तै चर्चाको शिखरमा रहेको छ । आर बि लामा वाङ्देन अनि देशु गोलेको सुमधुर स्वारमा सजिएको उक्त गीत आर बि लामाले नै सब्द संकलन गरिएको हो ।
जिरा मसलाको संगीत चर्चित म्हेंदो माया गायिका तथा संगीतकार मिना लामाको रहेको छ भने माया थोकर र आरम्भ तामाङको अभिनय रहेको छ । कमल सौरागको संयोजन ,दिल कुमार पोङ्चोथेनको निर्देशन रहेको म्युजिक भिडियो छाबिराना मगरले एडिट गरिएको हो ।
ड्रोनमा सुरज गोम्जा,कोरियोग्राफरमा विजय तामाङ्ग (थोकर ) र उक्त भिडियो संचु थोकरले छायांकन गरिएको हो ।



