पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) काभ्रे जिल्लाको बाढीपीडित सँग भेटघाट कार्यक्रम गरेका छन् ।
केही दिनअघिको अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनर्स्थापनाका बारेमा भएका कामको जानकारी अध्यक्ष दहालले लिएको हाे ।
उनले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको कलाती भूमिडाडाको अवस्थाको अवलोकन गरियो।
उनले भने ‘यी क्षेत्र र रोशी लगायत प्रभावित क्षेत्रको रिपोर्ट बुझ्दा स्थिति भयावह छ। अझै पनि केही नागरिक वेपत्ता हुनुहुन्छ भने केही नागरिक प्रभावित क्षेत्रमा फस्नु भएको छ। प्रभावित क्षेत्रमा खाद्यवस्तु लगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन सकेको छैन।’
स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेका छन् तर केन्द्रको योजनाबद्ध काममा अझै पर्याप्त उपस्थिति देखिएको छैन।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकाछन्, बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।
पीडामा रहेका जनतालाई साथ दिनु, उनीहरुलाई आशा र भरोसा दिनु हाम्रो कर्तव्य हो भन्ठानेर म जनताको बीचमा पुगिरहेको छु। आज पनि देशका केहि भागमा भारी बर्षाको पुर्वानुमान छ, सतर्क बनौं। म फेरि भन्छु- हामी तपाईहरुको सुखदुःखको साथी थियौ, छौं र रहनेछौ।





