दैलेखमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार हाईस दुर्घटना हुँदा चामुण्डा बिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको हो ।

सोमबार बेलुका ९ बजेको समयमा सुर्खेतदेखि चामुण्डा–२ चाल्लेचौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको हाईस दुर्घटनामा परेको हो ।

हाईस पल्टिएर च्यापिएका बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार टायर चिप्लिँदा हाईस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here