मुगुको खत्याड गाउँपालिकाले शिक्षक कर्मचारीहरुको तलब सिदै खातामा हाल्ने

सर्जन कुमार शाही , मुगु
मुगु जिल्लाको खत्याड गाउँपालिकाले प्रत्येक शिक्षक कर्मचारीहरुको तलब र भर्ता कुनै पनि बिधालयको खातामा नहालेर सिदै शिक्षकको खातामा हाल्ने माग गरिएको गाउँ शिक्षा समितिको सिफारिसलाई गाउँपाकिकाको कार्यसमितिले अनुमोदन गरेको छ ।
असोज ६ गते गाउँ शिक्षा समितिले शिक्षकको सम्पुर्ण तलब भर्ता बिधालयको खातामा निकासा नगरी सिदा शिक्षकको खातामा हाल्ने माग सहितको सिफारिस गाउँपालिकाको कार्यसमितिमा पठाएको थियो सोही दिननै शिक्षक कर्मचारीहरुको खातामा तलब भर्ता पठाउन मिल्ने गरि उक्त सिफारिसको गाउँ कार्यसमितिले शिक्षा ऐन अनुसार माग गरेको सिफारिसको अनुमोदन गरेको शिक्षा प्रमुख लोकेन्द्र बुढाले बताए ।

असोज ६ गते शिक्षकको तलब भर्ता गाउँपालिकाले सिदै शिक्षकको खातामा पठाउन मिल्ने निर्णय गरे पश्चात् सम्पुर्ण खत्याड गाउँपालिका सामुदायिक बिधालयका शिक्षक , कर्मचारीको तलब व्यक्तिको खातामा हाल्ने अभ्यासको थालनी गरिएको थियो असोज २२ गते सम्म तीन महिनाको तलब र चाडपर्व खर्च चार सय भन्दा बढी शिक्षक ,कर्मचारीहरुको व्यक्तिगत खातामा पठाइएको नरेश शाहीले बताए ।

शिक्षक कर्मचारीको तलब भर्ता बिधालयको खातामा नहालेर सिदा शिक्षक कर्मचारीहरुकै खातामा हाल्दा लेखापरीक्षण देखि लिएर आर्थिक भार कम पर्नुको साथै सरकारलाई तिर्नु पर्ने दायित्वमा पनि सजिलो हुने हुँदा गाउँपालिले उक्त गाउँ शिक्षा समितिको सिफारिसलाई अनुमोदन गरेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले बताए शाहीका अनुसार सक्दो प्रत्येक महिनामा शिक्षक कर्मचारीहरुको तलब खातामा हाल्ने कुराको प्रयास गर्ने बताए ।

कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहहरूले शिक्षकको तलब नियमित रूपमा खातामा हाल्न निर्देशन पाएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षकको तलब मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । कार्यान्वयनका लागी मुगुका चार ओटा स्थानीय तहहरु मध्य खत्याड गाउँपालिकाले सुरुवात गरेको छ यो शिक्षक कर्मचारीहरुका लागी अत्यन्तै खुशीको कुरा हो यो अभ्यास कर्णालीकै पहिलो भन्दा फरक नपर्नेमा कालिका माध्यमिक बिधालयका बाली विज्ञान प्रशिक्षक गजेन्द्र प्रसाद उपाध्यायले बताए ।

केही स्थानीय तहले नियम अनुसार शिक्षकलाई मासिक तलब खुवाउने प्रक्रिया अवलम्बन नगरेका कारण कारबाहीमा परेका छन्। कर्णालीका २७ स्थानीय तहमा तलबी प्रतिवेदन बुझाउन ढिलाइ भएको पाइएको छ, जसमा सुर्खेतका लेकवेशी, चौकुने र चिङ्गाड, दैलेखका आठबिस र ठाँटिकाँध, डोल्पाका ठूलोभेरी, डोल्पोबुद्ध, जगदुल्ला, मुड्केचुला, काइके, छार्का ताङसोङ, जुम्लाका कनकासुन्दरी, हिमा, तातोपानी, कालिकोटका खाँडाचक्र, रास्कोट, तिलागुफा, सान्नी त्रिवेणी, नरहरिनाथ, शुभकालिका, महावै, पलाता, र हुम्लाका नाम्खा, सर्केगाड पालिकाहरू रहेका छन् ।

तलब वितरण प्रक्रिया सुधार्न र मासिक भुक्तानी सुनिश्चित गर्न शिक्षा केन्द्रले पुनः निर्देशिका जारी गरेको छ, जसमा विद्यालयहरूले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि आवश्यक तलब स्थानीय तहमा माग गर्नुपर्ने र त्यसपछि विद्यालयले शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी गर्नुपर्ने उल्लेख भए पनि कुनै स्थानीय तहमा कानुन अनुसार कार्य गरिएको भने देखिदैन । अहिले भने मुगुको खत्याड गाउँपालिकाले सुरु गरेको छ उक्त कार्य भने प्रसंशा गर्न योग्यको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here