सर्जन कुमार शाही , मुगु
नेपाल राइजिङ र ललितपुर महानगरपालिकाले आज ललितपुर महानगरपालिका – वडा नं २५ मा आपतकालीन राहत अभियान सञ्चालन गर्नका लागि हेल्प फोर्स नेपालसँग सहकार्य गरेर राहत सामग्रीहरु वितरण गरेको छ ।
नेपाल राईजिङ र ललितपुर महानगरपालिकाको सहयोगका साथ हेल्प फोर्स नेपालको साझेदारमा नख्खु/बैसेपाटी क्षेत्रका १२० विपन्न परिवारलाई खाद्यान्न सामग्री ,चामल ,दाल, तेल , नुन र लुगाफाटो सहयोग गरिएको हो ।

करिब १५० व्यक्तिलाई पकाएको भोजन उपलब्ध गरिएको थियो जसले गर्दा उनीहरू भोकै बस्नुपरेन। भोजनसँगै आवश्यक सामग्रीहरू पनि वितरण गरिएको थियो यसको परिणामस्वरूप, उनीहरूलाई अब खाना खानका लागि विद्यालय जानु पर्ने छैन। यस पहलले उनीहरूलाई आफ्नो जीवनमा केही सामान्य स्थिति पुन: प्राप्त गर्न सशक्त बनाएको हेल्प फोर्स नेपालका अध्यक्ष अर्जुन मल्लले बताए ।





