सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ ।

नेपाली बजारमा गहुँको माग बढेपछि केहि मात्रामा मुल्यवृद्धि समेत भएको उपभोक्ताको गुनासो आएको थियो । यो कुरालाई मध्यनजर गर्दै सरकारले गहुँ आपूर्तिका लागि पहल अघि बढाएको हो । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता एवम सहसचिव बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको पाइएको छ ।

मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृतिम अभाव श्रृजना गरी मुल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here