सर्जन कुमार शाही
मुगु ३ कार्तिक, २o८१

मुगु जिल्लामा कार्तिक २ र ३ गतेसम्म जिल्लाका ५७३९ बालबालिकालाई जुकाको औषधि र भिटामिन-ए क्याप्सुल खुवाउने अभियान सुरू भएको छ।

यस अभियान अन्तर्गत छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, र मुगुम कार्मारोङ गाउँपालिकाका सबै वडाहरूमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
।स्वास्थ्य सेवा कार्यालय मुगुको समन्वयमा सञ्चालन गरिएको यो अभियानलाई सफल पार्नकाे लागी  मुगु जिल्लाका २१६ जना स्वास्थ्य स्वयंसेविकाहरका साथै स्वास्थ्यकर्मीहरू  भिटामिन ए र जुकाकाे ओैषधि खुवाउने काममा खटिएका  छन् भने ६ महिना देखि  ५ बर्षका सबै बालबालिकाहरूकाे  पोषणको अवस्थाको समेत चेक जाँच  गर्ने गरिएकाे  जिल्ला अस्पताल मुगुका सुचना अधिकारी पशुराम नेपालीले  जानकारी दिनु भयाे ।

कार्तिक २ र ३ गते नेपाल अधिराज्यभरका सबै स्थानिय तहका  वडाहरूका  अभियानकै रूपमा लागु भएकाे र  विशेष गरी ६ महिना दृखि १ बर्ष काेही पनि बालबालिकाहरू   नछुट्ने र  यदी छुटेमा घरघर गयर भएपनि  भिटामिन ए र जुकाकाे ओैषधि  खुवाईने   स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल मुगुका डाक्टर एवं निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक दिपकजङ्ग शाहीले बताउनु भयाे ।
डाक्टर शाहीका अनुसार  जुकाकाे  ओैषधि   (अल्बेण्डा जाेल ) ले जुका मार्ने र  कुपाेषण हुन बाट  बचाउने । भिटामिन ए” क्याप्सुलले आँखाकाे नजरमा सुधार ल्याउने र शरिरकाे बृद्दि बिकासमा टेवा पुर्याउने जानकारी दिए ।

यस अभियानलाई प्रभाबकारी  सफल पार्न अनुगमनकाे समेत  ब्यबस्था मिलाईएकाे  डाक्टर  शाहीले जानकारी दिनु भयाे ।
बालबालिका हरूकाे  लागि पाएक पर्ने ठाँउहरूमा  अभियान थालिएकाे छ भने  कुनै कारणले  बालबालिकाहरू  भिटामिन  ए र जुकाकाे ओैषधिहरू खान नपाए  घरघरमा गयर भएपनि अभियान सफल पार्ने  छायाँनाथ रारा नगरपालिका वडा नं १ कि महिला स्वास्थ्य स्वयम् सेबिका उर्मिला मल्लले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here