एड्विन मगर
कार्तिक, ७ दाङ।
दाङको देउखुरीमा गएराती रोकिरहेको बसलाई आर्को बसले ठक्कर दिंदा अबरूद्ध भएको पूर्व(पश्चिम राजमार्ग करिब ६ घण्टापछि सुचारू भएको छ ।

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ७३९८ नम्बरको बस गढवा गाउँपालिका-१, धोद्र (कालाकाटे) मा बिग्रिएर रोकिराखेको अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०२-००१ ख १३६५ नम्बरको बसले गए राती करिब २ बजेको समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएको थियो ।

बसको ठक्करबाट समान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा समान्य उपचारपछि आर्को गाडीको व्यवस्था गरेर घर पठाएको अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख सालिकराम बुढाथोकीले जानकारी दिनुभयो । अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ र अस्थाई प्रहरी चौकी कालाकाटेको सक्रियतामा डोजरको सहायतामा अबरुद्ध राजमार्ग सुचारू गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here