सर्जन कुमार शाही
मुगु २६ मंसिर
नेपाल पत्रकार महासंघ मुगु शाखाको निर्बाचनमा अचुत राज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्बिरोध निर्बाचित भएको छ ।
पत्रकार महासंघ केन्द्रिय निर्बाचन समितिको कार्यतालिका अनुसार बुधबार मुगु शाखामा गठित निर्बाचन समितिले मनोनयन दर्ता गराएका पदहरुमा एकल उम्मेदवारी परेको र तोकिएको समययमा कुनै दाबिबिरोध समेत नपरेकोले पुरै कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
निर्बाचन समितिका संयोजक तथा वरिष्ठ पत्रकार बिनोद कुमार मल्लका अनुसार जिल्ला शाखा मुगुकोलागि बुधबार बिहान दस बजे देखि मनोनयन शुरु गरि अपराह्न ५ बजे सम्मको समय राखिएको हुदा कुनैपनी पदाधिकारी र सदस्यमा दाबिबिरोध नपर्दा एक सूचना जारी गर्दै नजिल्ला शाखा समिति निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको छ ।
नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा अचुत राज भण्डारी, उपाध्यक्षमा जीवन सेजुवाल, उपाध्यक्ष महिलामा सुकमाया शाही, सचिवमा नन्द बहादुर रोकाया, कोषाध्यक्षमा मोहनकुमार मल्ल, सह-सचिवमा शिबचन्द्र कार्की, सह- सचिव महिलामा सोबिना भाम सर्ब निर्बिरोध निर्बाचित भएका छ्न , भने १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । साथै केन्द्रिय परिसत सदस्यमा नृपेन्द्र बहादुर मल्ल र कबिराज कार्की निर्बिरोध निर्बाचित भएका छ्न । त्यस्तैगरि प्रदेश परिसद पर्तिनिधिमा दानबहादुर बुढा र गोकर्ण शाही निर्बिरोध निर्बाचीत भएका छ ।
उक्त निर्बाचित पदाधिकारीहरु लाई पदिय प्रमाणपत्र र सफत निर्बाचन समितिका संयोजक बिनोदकुमार मल्लले प्रदान गरिएको छ ।
मुगु शाखामा हाल सम्म जिल्ला कार्यसमिति निर्बिरोध हुँदैआएको छ, र जिल्लामा प्रेस युनियनको बाहुलेता रहेको छ । नव निर्बाचित अध्यक्ष भण्डारी नेपाल प्रेस युनियन मुगुका निबर्तमान जिल्ला सचिव हुन ।
उनी नयाँ पत्रिकाका जिल्ला सम्वाददाता समेत रहेका छ्न ।
जसमध्ये नागरिक कर्मी सर्जन कुमार शाही पनि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।





