दाङ,१ पुस ।
एड्विन मगर
दाङमा विङ्गर गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृतक दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिका ३ बस्ने ४२ वर्षिया त्रीथी थारु र सोही ठाउँ बस्ने ६० वर्षिया फुलसी थारु रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घाइते हुनेहरुमा शिवराज नगरपालिका ३ बस्ने ४५ वर्षिया मिथया थारु, सोही ठाँउ बस्ने ६५ वर्षिया चेहली थारु, ७७ वर्षिया दर्स्नी थारु, ६० वर्षिय महङ्गी थारु, ४० वर्षिया सरिता थारु, ५५ वर्षिया रामप्यारी थारु, ४७ वर्षिय रामचन्द्र थारु रहेका छन् ।

त्यस्तै शिवराज नगरपालिका ३ बस्ने ४५ वर्षिय बुद्धि चौधरी, ४५ वर्षिया फुलबजनी चौधरी, ४५ वर्षिय गड्डी थारु, ३८ वर्षिय वुद्धराम थारु र ३६ वर्षि सुरेश यादव घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रहरीले गाडी चालक कपिलवस्तु नगरपालिका ५ बस्ने ३२ वर्षिय अशोक कोइराला र गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको बताएको छ ।

आज बिहान ६ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ९ च्याउ खोला बक्सकटिङ नजिकै लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार गाडीमा १५ जना सवार रहेको जनाएको छ। तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here