सर्जन कुमार शाही
मुगु पुस १२ गते,
मुगुम कार्मारोङ्ग गाउपालिका वडा न २ मुगु गाउका स्थानियहरुले पालेका चौरी तथा याकहरु अज्ञात रोगले मरेका छन ।
मुगु गाउका स्थानिय छोर्तेन लामाले दिएको जानकारि अनुसार सोमबार सम्म ५०/६० वटा चौरि तथा याकहरु उक्त रोगबाट ग्रसित भै मरिसकेका हुन ।
शुरुमा चौरी तथा याकहरुले मुखबाट र्याल निकाल्ने पातलो हरियो रङ्गको दिशा गर्ने,दिशामा हल्का रगत देखिने यि लक्षण देखिएको २४ घण्टा भित्रमा याक तथा चौरिहरुको मृत्यु हुने गरेको स्थानिय लामाले बताउनु भयो ।
अज्ञात रोगले चौरीहरु प्रभावित भैरहेको भन्ने खबर पाउदा बित्तिकै गाउँपालिकाले औषधी र पशु स्वास्थ्यकर्मी सहित मुगु गाउमा पठाएपनि पालिकाको उपचार गर्न पालिकाको जनशक्ती र औषधिको क्षमताले नसक्ने अनि चौरीहरुको स्वाप संकलन गरि ल्यापमा परिक्षणका पठाउनु पर्ने भएकाले त्यस्तो इकोमेण्ट र जनशक्ती गाउपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाइ सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द रावलले बताउनु भयो ।
पालिकाको पत्र पाउनासाथ घटना स्थल तर्फ हिडेको भेटनरी तथा पसु अस्पतालको चिकित्सक सहितको टोलि सिरानी चौरमा पुगिसकेको र माध्यामिक विधालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घटना स्थल तर्फ गएको ,तीन तिरबाट गरि अहिले मुगु गाउँ तर्फ ७ सदस्यिय चिकित्सक तथा प्राविधिक टोलि औषधि सहित गैसकेको प्रमुख प्रशासकिय अधिकृत रावलले जानकारी गराउनु भयो ।
उहाँका अनुसार मुगु गाउमा चिसोका कारण स्थानियहरु बेशितिर अस्थायी बसाइ सरेकाले गाउमा कोहि नहुदा चौरी रहेका लेखहरुमा स्वास्थ्यकर्मिको टोलिलाइव पुग्न कठिनाइ भैरहेको छ त्यसैमा झन मंगल्बारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको छ ।
चौरीहरु हिमाल तिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरुमा कति चौरी तथा याकहरु मरे यकिन डाटा प्राप्त गर्न गार्हो भएको र शनिवारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० बढी चौरी तथा याकहरु उक्त अज्ञात रोगबाट मरिसकेको हुनसक्ने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुवासचन्द्र रावल अन्दाज लगाउनु हुन्छ ।
उच्च हिमाली क्षेत्र,भौगोलिक कठिनाइ,दुर्गमता र उर्वर जमिन कम भै आयामित खानामा बाच्नु पर्ने भएकाले मुगुम कार्मारोङ्ग गाउपालिकाका स्थानियहरुले दूध खान,छुर्पी बनाउन र भारि बोक्न चौरी तथा याकहरु पाल्ने गर्दछन ।





