१८१ जना बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिम कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

योनहाप समाचार संस्थाका अनुसार १७५ यात्रु र चालक दलका ६ सदस्य रहेको विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो ।

आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको र कम्तीमा २ यात्रुको जीवितै उद्धार गरिएको जनाएका छन् । विमानको पछिल्लो भागमा रहेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास भइरहेको उनीहरूको भनाइ छ ।

सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि विमान अनियन्त्रित भएको हुनसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here