दाहाल र नेपाल द्वरा चितवनको सभा रद्द।

१२ फागुन २०७७ चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । चितवन आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।




